• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

‘रोल नं. १’को कमाइ १ करोड ७७ लाख, ‘जाँड’को डेढ लाख पनि पुगेन

गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’ले घरेलु बक्स अफिसमा १ करोड ७७ लाख ६ हजार ५८३ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फिल्मको उक्त कमाइ हिजो आइतबार (२८ असार)सम्मको हो । फिल्मले पछिल्लो सात दिनमा २ लाख २० हजार ९२५ रुपैयाँ कमाइ गरेको देखिन्छ । 

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको ‘रोल नं. १’को आइतबारसम्म ७० हजार ६७४ वटा टिकट बिक्री भएका छन् । यस वर्ष डेढ करोडमाथि कमाउने यो तेस्रो फिल्म हो । यसअघि ‘लालीबजार’ले ९ करोड र ‘परालको आगो’ले ४ करोडमाथिको कमाइ गरेका थिए । अरु फिल्म भने डेढ करोडमुनि नै छन् । 

यस वर्ष सबैभन्दा कम कमाउने फिल्म ‘जाँड’ बनेको छ । बोर्डको तथ्यांकअनुसार फिल्मले हिजो आइतबारसम्म डेढ लाख पनि कमाउन सकेको छैन । फिल्मले ६२१ वटा टिकट बिक्रीबापत जम्मा १ लाख २६ हजार ५ रुपैयाँ कमाइ गरेको छ । यसबाट हलको सेयर र कर काटेर आउँदा निर्माताको हातमा १० हजार रुपैयाँ पनि पर्दैन । अर्थात् फिल्मको लगानी पूर्ण रूपमा डुबेको छ ।

अहिले हलहरूमा नेपाली फिल्म ‘भागदौड’ मात्र छ । यो फिल्म गत शुक्रबार (२६ असार)बाट प्रदर्शनमा आएको हो । तर, यसले पनि दर्शक तान्न सकेको छैन । धेरै हलले फिल्म उतारिसकेका छन् । जेठयता नेपाली फिल्म अपेक्षित रूपमा नचल्दा हल व्यावसायीहरू विदेशी फिल्मको भरमा देखिएका छन् ।  

प्रतिकृया दिनुहोस

प्रिमियरमा रुचाइयो ‘गौँथली’, अरुण र सिम्रनको अभिनयको प्रशंसा

यही शुक्रबार (१ साउन)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो

‘गौँथली’को प्रचार शैली : सिम्रनले डोको बोकेर भेटिन् काठमाडौंका दर्शक

नेपाली फिल्म क्षेत्रमा एउटा कहावत दशर्कौंदेखि चर्चित छ, ‘फिल्म बनाउनभन्दा चलाउन गाह्रो हुन्छ ।’ हुन पनि फिल्म त पैसा भएपछि बन्छ । तर, फिल्म चलाउन

रेखा निर्देशित ‘माया भनेकै यस्तो होला’को पोस्टरले के भन्छ ?

अभिनेत्री रेखा थापाको ८ वर्षपछिको निर्देशकीय कमब्याक फिल्म ‘माया भनेकै यस्तो होला’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । तीजको छेको पारेर भदौ