• शुक्रबार-७-२१-२०८३/ 06-Friday-2026

साउदी अरबले लामो दूरीका शक्तिशाली क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना विस्तार गर्दै

काठमाडौं । साउदी अरबले लामो दूरीसम्म प्रहार गर्न र बढी क्षमताको विस्फोटक पदार्थ बोक्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन गर्न कारखाना विस्तार गरिरहेको समाचार रोयटर्सले छापेको छ । अमेरिकी अनुसन्धानकर्ताहरूले स्याटेलाइट तस्बिर विश्लेषण गर्दै कारखाना यसै वर्षको अन्त्यसम्ममा उत्पादनका लागि तयार हुन सक्ने आकलन गरेको समाचारमा उल्लेख छ ।

समाचार अनुसार साउदी अरबको राजधानी रियादबाट करिब २०० किलोमिटर पश्चिममा रहेको अल–दुवादिमी क्षेप्यास्त्र कारखानामा नयाँ संरचना निर्माण भइरहेको छ । अमेरिकास्थित विदेश नीति अनुसन्धान संस्थान (एफपीआरआई) का अनुसन्धानकर्ता साम लेयर र माइकल डुइट्सम्यानले एक वर्षभन्दा बढी समयका स्याटेलाइट तस्बिर अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।

 

 

 

उनीहरूका अनुसार नयाँ संरचनामा ठोस इन्धनयुक्त क्षेप्यास्त्रका मोटर निर्माण गर्न प्रयोग हुने खाल्डाहरू रहेको अनुमान छ । कारखाना विस्तारले पहिलेको भन्दा ठूला र बढी क्षमताका क्षेप्यास्त्र उत्पादन गर्ने सम्भावना देखाएको छ ।

 

विशेषज्ञहरूले साउदी अरबले चीनको प्रविधिमा आधारित डीएफ–१५ वा लामो दूरीको डीएफ–२१ जस्ता क्षेप्यास्त्र उत्पादन गर्न सक्ने अनुमान गरेका छन् । तर, कुन प्रकारका क्षेप्यास्त्र उत्पादन हुने भन्ने पुष्टि भएको छैन ।

 

लामो दूरीका क्षेप्यास्त्रले इरानबाट हुन सक्ने आक्रमण रोक्न साउदी अरबको सैन्य क्षमता बढाउन सक्ने विश्लेषकहरूको भनाइ छ । यसले यमनका इरानसमर्थित हुथी लडाकुविरुद्ध साउदी अरबको क्षमता पनि बढाउन सक्छ ।

तर, साउदी अरबको क्षेप्यास्त्र क्षमता विस्तारले मध्यपूर्वमा हतियार प्रतिस्पर्धा बढाउनुका साथै अमेरिका र साउदी अरबबीच प्रस्तावित नागरिक आणविक सहमतिमा पनि असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको समाचारमा उल्लेख छ ।

 

साउदी अरबले सन् १९८७ मा चीनबाट करिब ४० वटा डीएफ–३ ब्यालिस्टिक क्षेप्यास्त्र खरिद गरेको थियो । अमेरिकाले लामो दूरीका क्षेप्यास्त्र प्रणाली निर्यातमा प्रतिबन्ध लगाउँदै आएकाले साउदी अरबले चीनको प्रविधिमा निर्भरता बढाएको हुन सक्ने विश्लेषण गरिएको छ ।

कारखाना विस्तारबारे साउदी सरकार, चिनियाँ दूतावास र अमेरिकी अधिकारीहरूले रोयटर्सको प्रतिक्रियासम्बन्धी अनुरोधको जवाफ दिएका छैनन् ratopati

प्रतिकृया दिनुहोस

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने

फ्रान्स । गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा भड्किएपछि फ्रान्सले यस सप्ताहान्तमा हुन सक्ने प्रदर्शन र झडप नियन्त्रण

युरोपमा यस वर्ष गर्मीबाट ५० हजारभन्दा बढीको मृत्यु, दुई तिहाइमा जलवायु परिवर्तन जिम्मेवार

वासिङ्टन, कात्तिक ६ – यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव

गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने

६ कात्तिक, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणका लागि शुक्रबार पश्चिमी सीमानाका गड्डाचौकी हुँदै