• बिहीबार-७-२०-२०८३/ 05-Thursday-2026

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि, यस्ता छन् कार्यक्रम

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । 

ज्वालाका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालको सम्बोधन गर्ने कार्यक्रम रहेको छ । असोज २३ गते बसेको बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । 

‘राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ’, निर्णयमा भनिएको थियो । 

 

यस्ता छन् कार्यक्रम 
पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने  सङ्गठित सदस्यता नवीकरण तथा विस्तार अभियान तीव्र रूपमा सञ्चालन गर्ने

 

पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने

 

जनता र पार्टीबिचको सम्बन्धलाई प्रगाढ बनाउन जनताकेन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने सांस्कृतिकलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने

 

जनताका माग र दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायहरूमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने 

श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्ने

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरूमा सहयोग गर्ने

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन तथा जनजीविकाका सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने

महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने । केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गर्ने ।ratopati

प्रतिकृया दिनुहोस

छठपछि आन्दोलन चर्काउने तयारी

काठमाडौँ। छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन गर्ने तयारी थालेका छन्। सरकार विरोधी मोर्चाबन्दी कस्ने तयारीमा प्रमुख प्रतिपक्ष दल

गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने

६ कात्तिक, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणका लागि शुक्रबार पश्चिमी सीमानाका गड्डाचौकी हुँदै

छठपछि हुन सक्ने आन्दोलन वार्ताबाट रोक्नुपर्छ : राजनीतिक विश्लेषक पण्डित

काठमाडौं । राजनीतिक विश्लेषक गान्दी  पण्डितले छठपछाडि विभिन्न दल तथा शक्तिहरूले गर्ने भनिएको आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्ने बताएका