आशिष घर्ति मगर, गितान्जली गिरि र सुनिता बुढा क्षेत्रि को स्वरमा सजिएको गित पिरतीको बत्ति‘ सार्वजनिक
चितवन,९ वैशाख : लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक लम्जुङ्गमा जन्मिएका आशिष घर्ति मगर अनि सल्यानको दारिमज्युलामा जन्मिएकी सल्यानी गायिका गितान्जली गिरि र सुनिता बुढा क्षेत्रि को स्वरमा सजिएको गित पिरतीको बत्ति‘ सार्वजनिक भएको छ ।
माया प्रेम र रोमान्समा रहेका युवा युवती विचको प्रेम लाई गीतमा समेटिएको निमार्ण पक्षले बताएका छन । गीतमा आशिष घर्ति मगर अनि गितान्जली गिरि र सुनिता बुढा क्षेत्रि ले स्वर दिएका छन् । उक्त गीतमा अतित थापा,आयुस्मा कार्की ,सुस्मिता खतिवडा र शिव कुमालको मोड्लिङ्ग रहेको छ।
माया प्रेम गास्दै काठ्माण्डौ घुमौला स्वम्भु पशुपति तिर रमाउला भनेर गीतमा चित्रण गरिएको छ । प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गायिका गितान्जली गिरीले बताइन ।
आशिष घर्ति मगरको संगीत र गितान्जली मुस्कान गिरीको शब्द संगीत तथा शुनिल परियारको एरेन्ज र बिमल छिनालको डाइरेक्सनमा गीत तयार गरिएको छ । काठमाण्डौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ ।












प्रतिकृया दिनुहोस