• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)नेपाल च्याप्टरको आयोजनामा प्रा.डा गोपी उप्रेतीको प्रकृत्या सह जीवनम् पुस्तक लोकार्पण समारोह सम्पन्न |

        विश्वराज अर्याल

काठमाडौँ, पौष  ६।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा प्रा डा गोपी उप्रेतीको प्रकृत्या सह जीवनम् पुस्तक लोकार्पण भएको छ। अ. ने. सा. स. नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठान कुलपति माननीय भूपाल राई हुनुहुन्थ्यो।

सो कार्यक्रममा बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो |  कार्यक्रममा धेरै साहित्यकारहरूले, प्रा. डा गोपी उप्रेतीले गर्नुभएको योगदान तथा प्रकृति नै जीवन हो। प्रकृति र मानव जीवन जोडिएको छ | संसारमा भएका सबै प्राणीहरूको समान भोग अधिकार हो, भन्ने जस्ता गहन अभिव्यक्तिहरू प्रस्तुत भएका थिए।

सो कार्यक्रममा कविता वाचन गर्ने तथा मन्तव्य राख्नेहरूमा कवि कृष्ण भाउजी, राधे श्याम लेकाली, सरिता अर्याल, विक्रम भक्त जोशी, बाबा जोशी, बिमला राई पौडेल, शान्ति रिसाल, डाक्टर गीता त्रिपाठी हुनुहुन्थ्यो |

 कार्यक्रममा धेरैभन्दा धेरै विद्वत्व वर्गको सहभागिता थियो। महेश पौडेलद्वारा प्रकृति मा रहेका सबै प्राणीहरूको समान अधिकार रहन्छ,भन्ने कुरा व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको वक्तव्यमा प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईले प्रा डा गोपी उप्रेती ज्यूले कविताको माध्यम द्वारा प्रकृति रहे मानवको जीवन रहन्छ। प्रकृति नै रहेन भने मानव जीवन अन्त हुन्छ भन्ने गहन अभिव्यक्ति राख्नुभएको थियो |

कार्यक्रमका अध्यक्ष राजेन्द्र केसीले साहित्यको मर्म तथा प्रा डा गोपी उप्रेतीद्वारा लेखन पुस्तकको गरिमामय लेखाईप्रति उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रममा सहभागी तथा आयोजक समितिका सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। सो कार्यक्रम मन्जिला उप्रेतिले सहजीकरण गर्नुभएको थियो। प्रकृत्या सह जीवनम् पुस्तकको माध्यमद्वारा पर्यावरण तथा प्रकृति नै श्रेष्ठका महान हुन् सन्देश दिन खोजिएको छ।

प्रतिकृया दिनुहोस

बझाङमा ‘नोस्टाल्जिक’

  बाउलीसँग आँखा जुधेपछि बाउलीसँग २३ वर्षपछि मेरा आँखा जुध्दा अनायस मनमा एउटा निकटताको भाव विकसित भएको अनुभव भयो । बाउली गाड अर्थात् बझाङको

कवि ठाकुर बेलबासेको कविताकृति ‘चोटहरुको उत्सव’ लोकार्पित

काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको नवितम् कविताकृति ‘चोटहरुको उत्सव’ कविता संग्रहको शुक्रबार लोकार्पण गरिएको छ । काठमाडौंमा

मेरी आमा तिम्री आमा

मीरा राजभन्डारी अमात्य ,कतामरी मार्च २२ - २०२५   किन हो अचेल हरेक हात हरु मा तिमी आमा देख्छु हरेक हात का स्वाद हरु मा तिम्रा स्वाद हरु