• बिहीबार-७-२०-२०८३/ 05-Thursday-2026

तनहुँको भैरवीदेवी मन्दिरमा आजदेखि श्रीमद्भागवत महायज्ञ सुरु, नगर प्रमुख त्रिपाठीद्वारा उद्घाटन

 तनहुँ , २,फागुन ।

ऐतिहासिक भूमि तनहुँको जिल्लाको भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा आजबाट श्रीमद्भागवत महायज्ञ शुरु हुदैछ ।महायज्ञ मुल आयोजक समिति वाह्विसे भैरवीमन्दिर को आयोजनामा हुने यस महायज्ञको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले समुद्घाटन गर्नुहुने आयोजकले जनाएको छ । प्राचिन वाह्विसे भैरवीमन्दिरको जिणोद्धार का साथै देवघाटधाम स्थित रामजानकी बालिका आश्रमको सहयोगार्थ गरिन लागिएको महायज्ञको सम्पुर्ण तयारी सकिएको मुल समारोह समितिका संयोजक राम बहादुर अधिकारीले जानकारी गराउनु भयो ।

 

 

महायज्ञको प्रमुख वाचक देवघााटधाम स्थित रामजानकी बालिका आश्रममा नै रहनुहुने चर्चित भागवतवाचक उमामहेश्वरी प्रमुख वाचक रहनुभएको छ । नवलपुर गैडाकोट स्थित कालिका विद्यापिठबाट शास्त्री तह उतिर्ण गर्नुभएको उहाँले यस अघि देशका विभिन्न ठाउँमा भागवत वाचन गरिसक्नुभएको छ । उहाँले विविएस शिक्षा समेत उतिर्ण गर्नुभएको छ । उपवाचकमा भने आश्रमकै शास्त्री तहमा नै अध्यनरत सुनीता बटाला , तुलसा र वैण्णवी लोककल्याणी हुनुहुन्छ ।

 

 

महायज्ञको उद्घाटन अगाडी कलश यात्रा समेत निकालिन लागिएको महायञ प्रचारप्रसार समितिका संयोजक नगेन्द्र थापा जानकारी गराउनु भयो ।संयोजक थापाका अनुसार महायज्ञ सम्पन्न गर्नका लागि १५१ मूल समारोह र ११ उपसमिती समेत गठन गरिएको छ । आदीकवि भानुभक्त को जन्मस्थान चुदी रम्घा कै सानिध्यमा गरिन लागिएको महायज्ञले स्थानीय सारहै उत्साहित हुनुभएके महायज्ञका मूलसमारोह समितिका उपसंयोजक रामेश्वर खनालले बताउनु भयो । बालिकाहरुले वाचन गर्ने यस महायज्ञले चुदी रम्घा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने , आध्यात्मिक जागरण टेवा पुग्ने आयोजकको ठम्माइृ छ ।

प्रतिकृया दिनुहोस

आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु

बडादसैँको अन्तिम दिन: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

  काठमाडौँ । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ  : बडादसैँ अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ ।  विजयादशमीका दिन मान्यजनबाट