• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

घर–घरका ग्यास सिलिन्डरको डिजिटल रेकर्ड बनाउन संसदीय समितिको आग्रह

काठमाडौं, असार ३१-

उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख (डाटाबेस) निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले प्रभावकारी अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता सुरक्षाका लागि घर–घरमा रहेका ग्यास सिलिन्डरको विवरण समेट्ने डिजिटल प्रणाली आवश्यक रहेको बताएका हुन् ।

बुधबार बसेको समितिको बैठकमा बोल्दै अन्सारीले हाल राज्यसँग प्रत्येक घरमा कति वटा ग्यास सिलिन्डर छन् भन्ने आधिकारिक तथ्यांक नभएकाले अनुगमन र व्यवस्थापनमा समस्या भइरहेको बताए ।

उनले घरधुरी म्यापिङमा आधारित एकीकृत प्रणाली विकास गरी ग्यास कम्पनी, वितरक र नेपाल आयल निगमले समेत कुन घरमा कति सिलिन्डर छन् भन्ने जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

अन्सारीले यस्तो प्रणाली विकास गर्न ठूलो चुनौती नरहेको उल्लेख गर्दै वर्तमान सरकारकै कार्यकालमा कार्यान्वयनमा ल्याउन आग्रह गरे । उनका अनुसार डिजिटल प्रणाली लागू भएपछि ग्यास वितरणलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।

बैठकमा उनले भारतसँग प्रस्तावित एलपी ग्यास पाइपलाइन परियोजनाको विषयमा पनि सरकार थप सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए । भारत सरकारले विभिन्न समयमा परियोजनाप्रति चासो देखाएको भए पनि त्यसलाई कार्यान्वयनको चरणमा पु¥याउन नेपाल सरकारले कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाउनुपर्ने उनको भनाइ थियो ।

  रासस

प्रतिकृया दिनुहोस

कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्।  देउवा दिउँसो १२ः३० मा काठमाडौं आइपुग्ने तय भएको

कांग्रेस पार्टीभित्रका संस्थापन र इतर पक्ष मिलाउन भन्दै साउन २० मा एकता भेला

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका तर विशेष महाधिवेशनबाट आएको कार्यसमितिभन्दा

कांग्रेस वरिष्ठ नेता ,पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

साउन,१२,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता , ,पूर्व उपप्रधानमन्त्री  गोपालमान श्रेष्ठको निधन भएको छ ।जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका