• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा

 

 

 

काठमाडौँ| नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।

ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गरेका हो। प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा कुरा गरी मुकेश बहादुर पाल प्रथम भएको छ।

उहाँलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी दोस्रो हुनुभएका नरेन्द्र सिंह रावललाई २५ हजार रूपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ।

प्रतियोगितामा चौथो हुनुभएका गणेश सिंहलाई १२ हजार, पाँचौ हुनुभएका अमृत ठकुरीलाई १० हजार र छैठौ भए नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका छन ।

प्रतियोगितामा सहभागिताका लागि झण्डै १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावन मार्ग छोडेर दौडेकाले उहाँहरुलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ ।

ग्रीन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी हुनुभएको थियो भने अन्य सयौँले अप्रतियोगीको रुपमा सहभागिता भएको थिए। प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न समेत लागेको सभापति थापाले बताए । “अहिले हामी जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न पनि यहाँ उभिएका छौं।

यसका बारेमा हामी बृहत कार्यक्रमको तयारी गरेका छौं,” सभापति थापाले भने । जङ्गल, जमिन लगायतका प्राकृतिक स्रोत साधनहरूलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाले त्यतिबेला नै ल्याउनुभएको सभापति थापाले स्मरण गराए । जननायक विपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोत साधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले अहिले फेरि संकल्प गरेको उहाँको भनाइ थियो।

“समावेशिताको अवधारणालाई पनि सात दशक अगाडि नै कांग्रेस संस्थापक नेता कोइरालाले व्यवहारमै लागू गराएर हामीलाई सिकाउनुभएको छ, त्यसप्रति पनि हामी पूर्ण प्रतिबद्ध छौं” सभापति थापाले भने । सो अवसरमा जलवायु परिवर्तन सम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। सबै कार्यक्रममा सहभागीहरूलाई विभिन्न जातका बिरुवा समेत वितरण गरिएको थियो । बिरुवा वितरण कार्यक्र

कोषको घोषणा गर्दै सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए । कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उहाँले बताए ।

कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिने पनि सभापति थापाले जानकारी दिए । कांग्रेसले भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गर्ने जनाएको छ। जलवायु जनचेतना जगाउनका लागि विपि कोइरालाको स्मृति दिवसका अवसरमा अाज ललितपुरमा आयोजित कार्यक्रममा क्यानभासमा पेन्टिङ गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ।सो अवसरमा बिरुवा पनि वितरण गरिएको थियो।

प्रतिकृया दिनुहोस

कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्।  देउवा दिउँसो १२ः३० मा काठमाडौं आइपुग्ने तय भएको

कांग्रेस पार्टीभित्रका संस्थापन र इतर पक्ष मिलाउन भन्दै साउन २० मा एकता भेला

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका तर विशेष महाधिवेशनबाट आएको कार्यसमितिभन्दा

कांग्रेस वरिष्ठ नेता ,पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

साउन,१२,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता , ,पूर्व उपप्रधानमन्त्री  गोपालमान श्रेष्ठको निधन भएको छ ।जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका