/बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यविभाजन सिफारिस गरिएको छ।
हेटौंडा, ७ साउन/बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यविभाजन सिफारिस गरिएको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मन्त्रिपरिषद्मा हेरफेर गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष कार्यविभाजनको सिफारिस गरेका हुन्।
सिफारिसअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। त्यसैगरी, शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र विनु रायमाझी पौडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन मन्त्रालयहरूको कार्यविभाजन गरिएको जनाएका छन् ।














प्रतिकृया दिनुहोस