• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक :मन्त्री रायमाझी पौडेल

 काठमाडौँ । बागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझी पौडेलले समस्याग्रस्त र सही तरिकाले चलिरहेका सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएकी छन्। बुधबार काठमाडौँमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को सातौँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् उनले समस्याग्रस्त सहकारीमा देखिएका समस्या समाधान र व्यवस्थापन गर्न बागमती प्रोस्कुनले भूमिका खेल्नुपर्ने समेत बताइन्।

प्रदेशमा रहेका सहकारीका समस्या समाधान गर्न सहकारी ऐन संशोधनको चरणमा रहेको उनले उल्लेख गरिन्। संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको र छिट्टै प्रदेश सभाबाट पनि पारित हुने विश्वास उनले व्यक्त गरिन्। पूर्वसहकारी मन्त्री समेत रहेकी रायमाझीले संघीय सहकारी ऐनसँग बाझिएका वा संशोधन गर्नुपर्ने विषय पहिचान गरी समायोजनका लागि सिफारिस भइसकेको जानकारी दिइन्।

रायमाझीले समस्याग्रस्त सहकारीलाई सुधार गर्न र राम्रालाई पुरस्कृत गर्न प्रभावकारी काम गर्न आग्रह गरिन्। उनले भनिन्, ‘अहिले जसरी समस्याग्रस्त र सही कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले भनिन्, ‘हामीले सहकारी ऐन संशोधनको कुरा गरिरहेका थियौँ। उक्त संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।’

उनले सरोकारवालाको सुझावका आधारमा ऐन संशोधन प्रस्ताव गरिएको र त्यो छिट्टै आउने विश्वास व्यक्त गरिन्। ढङ्गले चलेका सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने गरिएको छ। यसको अन्त्य गर्न लाग्नुहोस् भन्ने सुझाव दिन चाहन्छु।’ उनले सहकारी क्षेत्रका समस्या हल गर्न भूमिका खेल्न बागमती प्रोस्कुनलाई आग्रहसमेत गरिन्।रातो पाटीवाट

प्रतिकृया दिनुहोस

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने

माछाका भुरा उत्पादन

मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ४ करोड ३८ लाख ह्याचलिङसहित ठूलो परिमाणमा माछाका भुरा उत्पादन गरेको

बागमती प्रदेशको स्थायी संरचना छिटो बनाउन मन्त्री रायमाझी पौडेलको निर्देशन

  मकवानपुर ,१२,साउन ।बागमती प्रदेश सरकारले प्रदेशको स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले