• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

विश्वकप लिग-२: नेदरल्यान्ड्ससँग हारेसँगै नेपाल सबै चार खेलमा पराजित

काठमाडौँ :  विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले सबै चार खेलमा हार भोगेको छ। बुधबार भएको जारी सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्स सँग ५७ रनले पराजित भएसँगै नेपालको यात्रा हारमै सकिएको हो। यो हारसँगै नेपालको शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना अब गणितिय मात्र बाँकी छ।

 

 

 

नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १ सय ६८ रनमा समेटिन पुग्यो। नेपालका लागि आसिफ शेखले ३८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कप्तान रोहित पौडेलले २६ रन बनाउँदा करण केसीले २३ रन बनाए।

त्यस्तै हेमन्त धामीले १५ रनको अविजित इनिङ खेल्दा भिम सार्कीले १० तथा इशान पाण्डेले १६ रन बनाएका थिए। ओपनर कुशल भुर्तेल शुन्य रनमा बोल्ड हुँदा गुल्सन झाले ११ रन बनाए।

डच टोलीका लागि क्याली क्लेइनले ३ विकेट लिंदा लोगन भान बिक, रोयलअफ भान डेर मेर्वी र जाच लियन क्याचेटले समान २-२ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो। नेपालले सुरुवाती दबाब बनाउँदै डच टोलीले ५६ रन जोड्दा ४ विकेट लिएपनि त्यसपछि नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्स र नोवा क्रोसले पाँचौं विकेटका लागि १ सय १५ रनको साझेदारी गरेपछि टोली मध्यम स्कोर तर्फ अघि बढेको थियो।

एडवार्डले ९१ बलमा ३ चौकाको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेल्दा क्रोसले ९३ बलमा ३ चौकाको सहयोगमा ७० रन बनाएका थिए। त्यस्तै लोगन भान बिकले २७ बलमा २७ रनको इनिङ खेल्दा टिमले २ सय २५ रनको स्कोर तयार गरेको थियो। उसका लागि शीर्ष क्रममा रहेका जाज लियोन-क्याचेटले १६ रन बनाउँदा बास डि लिडसले १३ रन बनाउँदा म्याक्स ओड्वाडले १२ रन बनाए।

नेपालका लागि करण केसीले ४ विकेट लिंदा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। त्यस्तै हेमन्त धामी र ललित राजवंशीले १-१ विकेट लिए।

आजको खेलमा नेपालले सन्दीप लामिछाने र सोमपाल कामीलाई बेन्चमा राख्दा हेमन्त धामी र ललित राजवंशीलाई प्लेइङ ११ मा समेटेपनि टिमले जित निकाल्न भने सकेन्

प्रतिकृया दिनुहोस

मैदानमा महिला पत्रकार: जेसीज सप्ताहको समापनमा रेडियो टोलीको फराकिलो जित

  भरतपुर, साउन ,२१ । नारायणगढ लेडी जेसीजले आयोजना गरेको 'जेसीज सप्ताह '२०२६' अन्तर्गत बुधबार चितवनका महिला पत्रकारहरू मैदानमा उत्रिएका

फिफालाई १५ अर्ब डलर आम्दानी,

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक

फ्रान्सलाई ६-४ ले हराउँदै इङ्ल्यान्ड विश्वकपमा तेस्रो !

फ्रान्सलाई ६-४ ले हराउँदै इङ्ल्यान्ड विश्वकपमा तेस्रो ! गोलको वर्षा भएको ऐतिहासिक भिडन्तमा इङ्ल्यान्डले फ्रान्सलाई ६-४ ले पाखा लगाउँदै तेस्रो स्थान