• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

मैदानमा महिला पत्रकार: जेसीज सप्ताहको समापनमा रेडियो टोलीको फराकिलो जित

  भरतपुर, साउन ,२१ । नारायणगढ लेडी जेसीजले आयोजना गरेको 'जेसीज सप्ताह '२०२६' अन्तर्गत बुधबार चितवनका महिला पत्रकारहरू मैदानमा उत्रिएका छन्।

सप्ताहव्यापी कार्यक्रमको समापनका अवसरमा भरतपुर–२, क्षेत्रपुरस्थित क्षेत्रपुर फुटसलमा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा रेडियो टोलीले अनलाइन मिडिया टोलीलाई ४–१ गोलअन्तरले पराजित गरेको छ। नारायणगढ लेडी जेसीजको आयोजनामा, सञ्चारिका समूह चितवनको समन्वय र जिल्ला खेलकुद विकास चितवनको सौजन्यमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा चितवनका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूको सहभागिता रहेको थियो ।

रेडियो टोलीका लागि जिविका श्रेष्ठ र करिष्मा गुरुङ्गले २/ २गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। यस्तै, अनलाइन मिडिया टोलीका तर्फबाट पुनम मगरले १ गोल फर्काइन्। प्रतियोगिताको समापनसँगै विजेता तथा सहभागी टोलीलाई पुरस्कार वितरण गरिएको थियो।

प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, नारायणगढ लेडी जेसीजका अध्यक्ष संगीता थापा लगायतले विजेता रेडियो टोलीलाई ट्रफी, पदक (मेडल) तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितामा सहभागी अनलाइन मिडिया टोलीलाई पनि पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ।

+"Strong Women Makes Stronger Nation" भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको उद्देश्य महिला पत्रकारहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत स्वास्थ्य, एकता र महिला सशक्तीकरणको सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले पत्रकारहरू सधैं कलम र क्यामेरा बोकेर व्यस्त रहने भएकाले उनीहरूलाई खेलकुदमार्फत उत्साहित बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन्। नारायणगढ लेडी जेसीजद्वारा आयोजित महिला पत्रकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष कार्कीले पत्रकारको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद महत्त्वपूर्ण हुने उल्लेख गरे। उनले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले पत्रकारहरूबीच आपसी सम्बन्ध, सहकार्य र भाइचाराको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे

। उनले समाजका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित नारायणगढ लेडी जेसीजले सञ्चालन गर्दै आएका कार्यक्रमको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्वका यस्ता गतिविधि निरन्तर सञ्चालन हुनुपर्ने बताए।

खेलकुदले अनुशासन, नेतृत्व क्षमता र टीम भावना विकास गर्ने भएकाले यस्ता प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो। सञ्चारिका समूह चितवनकी संस्थापक अध्यक्ष सिर्जना अर्यालले महिला पत्रकारहरूलाई एकै ठाउँमा ल्याई खेलकुदमार्फत आपसी सम्बन्ध सुदृढ बनाउन नारायणगढ लेडी जेसीजले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सकारात्मक र उदाहरणीय पहल भएको बताइन्।

उनले पत्रकारिता जस्तो व्यस्त र चुनौतीपूर्ण पेशामा आबद्ध महिला पत्रकारका लागि यस्ता कार्यक्रमले मानसिक तथा शारीरिक रूपमा ऊर्जा प्रदान गर्नुका साथै आपसी एकता, सहकार्य र मित्रतालाई अझ मजबुत बनाउने उल्लेख गरिन्। आगामी दिनमा पनि महिला पत्रकारको क्षमता विकास, स्वास्थ्य प्रवर्द्धन तथा पेशागत सम्बन्ध विस्तार गर्ने यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै आयोजक नारायणगढ लेडी जेसीजप्रति धन्यवाद व्यक्त गरिन्।

नारायणगढ लेडी जेसीजले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक तथा सशक्तीकरणमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। जेसीज सप्ताह–'२०२६' का अवसरमा पनि सामाजिक, नेतृत्व विकास तथा समुदायमुखी गतिविधिहरू सञ्चालन गरिएको छ। कार्यक्रमको समन्वय सञ्चारिका समूह, चितवनले गरेको थियो भने संयोजन जेसी बिजया मानन्धरले गरेकी थिईन्।

नारायणगढ लेडी जेसीजकी अध्यक्ष संगीता थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कपड़ा व्यवसायी संघ चितवनका अध्यक्ष निरज कुमार श्रेष्ठ, चित्रकला सुनचादीका प्रोपाइटर चित्र बहादुर विश्वकर्मा, मिलन कपड़ा फसल का प्रोपाइटर चामु नारायण श्रेष्ठ ,नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश सदस्यहरु समिक्षा पान्डे,यात्री छिदाल, चितवन शाखाकी उपाध्यक्ष शान्ता अधिकारी प्रेस चौतीरी, केन्द्रिय सदस्य संगिता आचार्य ,प्रेस युनियन चितवन शाखाकी उपाध्यक्ष सिन्धु ढकाल, नेवा पत्रकार संघ चितवनका अध्यक्ष सुनिल कुमार श्रेष्ठ, नारायणगढ लेडी जेसीजका पूर्व अध्यक्षहरू, एलिना श्रेष्ठ , रमा श्रेष्ठ,निरु कार्की लगायत। जेसिज पदाधिकारी तथा सदस्यहरू, महिला पत्रकारहरू, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन नारायणगढ लेडी जेसीजकी महासचिव वर्षा श्रेष्ठले गरेकी थिइन्। सञ्चारिका समूह चितवनकी अध्यक्ष गीता गुरुङ्ले समुहको उदेश्य अनरुप नै सामाजिक रुपान्तरणमा टेवा पुग्ने यस्तो कार्यक्रममा समन्वय गरेको वताईन । सो अवसरमा उनले आगामी दिनमा पनि महिला पत्रकीरको हकहित ,कार्यक्षमता वढाउने कार्य गर्ने जनाईन्।

प्रतिकृया दिनुहोस

विश्वकप लिग-२: नेदरल्यान्ड्ससँग हारेसँगै नेपाल सबै चार खेलमा पराजित

काठमाडौँ :  विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले सबै चार खेलमा हार भोगेको छ। बुधबार भएको जारी सिरिजको अन्तिम खेलमा

फिफालाई १५ अर्ब डलर आम्दानी,

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक

फ्रान्सलाई ६-४ ले हराउँदै इङ्ल्यान्ड विश्वकपमा तेस्रो !

फ्रान्सलाई ६-४ ले हराउँदै इङ्ल्यान्ड विश्वकपमा तेस्रो ! गोलको वर्षा भएको ऐतिहासिक भिडन्तमा इङ्ल्यान्डले फ्रान्सलाई ६-४ ले पाखा लगाउँदै तेस्रो स्थान