• बिहीबार-७-२०-२०८३/ 05-Thursday-2026

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ  : बडादसैँ अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ ।  विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आज आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन् ।

 

 

 

नेपाली परम्पराअनुसार विजयादशमीका दिनबाट सुरु भएको टीका र जमरा लगाउने यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गर्दछ । लामो समयदेखि भेटघाट नभएका आफन्त तथा परिवारजनसँग भेट हुने र पुनर्मिलन हुने अवसरका रूपमा समेत दसैँलाई लिइने गरिन्छ । यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारालाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।


मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूको आवागमनका कारण सडक तथा सहर बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । यसैबिच, दसैँ मनाउनका लागि सदरमुकाम तथा सहरबाट बाहिरिएका पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कने क्रम पनि सुरु भएको छ ।

 

प्रतिकृया दिनुहोस

आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु

बडादसैँको अन्तिम दिन: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

  काठमाडौँ । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा

हिन्दु हरुको महान पर्व बिजयादशमी किन मनाइन्छ ?

विश्व निधी अर्याल भरतपुर असोज ४ २०८३   नेपालीहरूको महान् चाड बिजयादशमी (दसैँ) हिन्दू धर्मावलम्बीहरूले मनाउने सबैभन्दा ठूलो र महत्त्वपूर्ण