• शुक्रबार-७-२१-२०८३/ 06-Friday-2026

चीनको सिजाङमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

काठमाडौंः दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो।भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोटपटक लागेको बताइएको छ। शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पले ३३९ भन्दा बढी घर भत्किएका छन्।

 

 

 

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्। भूकम्पबाट विस्थापित भएका नागरिकलाई आश्रय दिन प्रहरी र अग्नि नियन्त्रण विभागका उद्धार टोलीले अस्थायी पालहरू निर्माण गरिरहेका छन्।

चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पछिल्लो भूकम्प यस क्षेत्रमा पाँच वर्षयताकै सबैभन्दा शक्तिशाली हो। भूकम्पबाट भएको समग्र क्षतिको आकलन भइरहेको र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

प्रतिकृया दिनुहोस

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने

फ्रान्स । गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा भड्किएपछि फ्रान्सले यस सप्ताहान्तमा हुन सक्ने प्रदर्शन र झडप नियन्त्रण

साउदी अरबले लामो दूरीका शक्तिशाली क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना विस्तार गर्दै

काठमाडौं । साउदी अरबले लामो दूरीसम्म प्रहार गर्न र बढी क्षमताको विस्फोटक पदार्थ बोक्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन गर्न कारखाना विस्तार

युरोपमा यस वर्ष गर्मीबाट ५० हजारभन्दा बढीको मृत्यु, दुई तिहाइमा जलवायु परिवर्तन जिम्मेवार

वासिङ्टन, कात्तिक ६ – यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव