• बिहीबार-७-२०-२०८३/ 05-Thursday-2026

तिहारमा ४८ करोड रुपैयाँको फूलमाला कारोबार हुने अपेक्षा

काठमाडौँ : आगामी तिहारमा काठमाडौँ  उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। 

 

 

 

फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख  र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छफ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे।

“तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ”, उनले भने, “५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।”

अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिए।

एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत ९० को थोक मूल्यको आधारमा ४० करोड ५० लाख, मखमली फूलको छ लाख मालालाई औसत थोक मूल्य ४५ का दरले रु दुई करोड ७० लाख, गोदाबरी फूलको २० हजार मालालाई औसत थोक मूल्य एक हजार २०० का दरले दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य ४०० का दरले दुई करोड ४० लाख पर्ने बताइएको छ। 

यसैबीच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म  ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने  भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए।

मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन्। मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ। मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस

स्मार्ट घरको नक्सापास दस्तुरमा शतप्रतिशत छुट, अरू के छन् सुविधा

काठमाडौँ । बढ्दो सहरीकरणलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन सरकारले कानुनमै पहिलो पटक ‘स्मार्ट घर’को अवधारणा अघि सारेको छ। संघीय

स्वदेशी उत्पादन, जसले तोड्दैछन् विदेशी ब्रान्डको दबदबा

काठमाडौँ । कुनै समय नेपाली बजारमा सुईदेखि सुनसम्म र लत्ताकपडादेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै एकछत्र राज चल्ने गर्थ्यो । ‘विदेशी ब्रान्ड’

डलरदेखि कतारी रियालसम्म : यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१