• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको थियो : विश्व स्वास्थ्य संगठन

 मस्को,२५ माघ  । वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन् ।कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको प्राप्त समाचारमा जनाइएको छ ।

चीनको वुहानमा यो संक्रमण फैलिएको देखिएको हो । त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन ।

हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरुको बजारबाट विस्तार भएको पाइएको बताएका छन् । तर पनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् । उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस

तमोट भाषासंस्कृतिका ज्ञाता तमोट

काठमाडौँ,मंसिर १६ भोजपुरका अगुवा भाषासंस्कृति तथा इतिहासविद् काशीनाथ तमोट भोजपुरको टक्सारमा जन्मेर भोजपुरकै विद्योदय माविबाट एसएलसी उत्तीर्ण

पावर र पफमेन्समा दुसान अग्रस्थानमा छ : भण्डारी

इन्टरनेसनल कन्ट्रक्सन प्रालि नेपालमा दुसान कम्पनीको लागि एकमात्र आधिकारिक बिक्रेता हो हामीले दक्षिण कोरियामा निर्मित दुसानकम्पनीको विभिन्न

प्रहरी झुक्याउन अफिमको ट्रान्जिट काठमाडौंलाई बनाउन थालेको खुलासा

लागू औषधका तस्करले प्रहरी झुक्याउन काठमाडौंलाई ट्रान्जिट बनाउन थालेको खुलेको छ।लागूऔषध नियन्त्रण ब्युरोले सोमबार बरामद गरेको अफिम भारत लैजान