• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

मेरो देश" बाल कविता - सवाइ छन्द

मेरो देश नेपाल हो उत्तरमा शान,

संसारको उचाई हो सगरमाथा मान ,

हरियाली वनपाखा नेपालका धन,

कोइलीको गीत सुन्दा खुशी हुन्छ मन।।१।

 डाफे चरी नाची राख्ने फुर फुर गरी,

मुनालले हेरीबस्ने आफैं दङ्ग परी ,

चौंरिहरु चरी राख्ने वनपाखा भरी ।।२।।

झरना र छहरा त कति राम्रा झन,

खोला नाला सिंचाइमा हाम्रो जान्छ मन,

पहाडमा सम्म फाँट पँहेलपुर धान,

किसानको काम राम्रो आनन्द छ मन।।३।।

तराईमा गैंडा हात्ती निकुन्जका वन,

समथर भूबनोट कति धेरै जन,

झिली मिली बत्ति पनि दिन जस्तो रात,

बोली मीठो मिली जुली कति राम्रा बात।।४।।

वारी पारी जङ्गलमा मयुरको बास,

बगैंचामा फूलहरु पोखरीमा हाँस ,

रङ्गी चङ्गी पुतलीका कति राम्रो नाच,

साना साना बबु नानी दिने हो कि साथ।।५।।

                     अस्तु

प्रतिकृया दिनुहोस

बझाङमा ‘नोस्टाल्जिक’

  बाउलीसँग आँखा जुधेपछि बाउलीसँग २३ वर्षपछि मेरा आँखा जुध्दा अनायस मनमा एउटा निकटताको भाव विकसित भएको अनुभव भयो । बाउली गाड अर्थात् बझाङको

कवि ठाकुर बेलबासेको कविताकृति ‘चोटहरुको उत्सव’ लोकार्पित

काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको नवितम् कविताकृति ‘चोटहरुको उत्सव’ कविता संग्रहको शुक्रबार लोकार्पण गरिएको छ । काठमाडौंमा

मेरी आमा तिम्री आमा

मीरा राजभन्डारी अमात्य ,कतामरी मार्च २२ - २०२५   किन हो अचेल हरेक हात हरु मा तिमी आमा देख्छु हरेक हात का स्वाद हरु मा तिम्रा स्वाद हरु