• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

भैरव रिसालको पार्थिव शरीर अब चिकित्साशास्त्रका विद्यार्थीको अध्ययन सामग्री

 , काठमाडौं।   वैशाख २   २०८२, मंगलबार सामान्यत मान्छेको मृत्युपछि सद्‌गत गरिन्छ । यो भनेको जलाउने वा गाड्ने प्रक्रिया हो । तर वरिष्ठ पत्रकार भैरव रिसालको हकमा यसो भएन । ९७ वर्षको उमेरमा दिवंगत पत्रकार रिसालको निर्जीव शरीर अहिले पनि जस्ताको तस्तै राखिएको छ ।

निधन भएको २४ घण्टा बित्न नपाउँदै रिसालकै इच्छाबमोजिम परिवारले उनको शरीर पाटन विज्ञान प्रतिष्ठानलाई बुझाएको छ ।

किन त ?

उनले जीवित छँदै आफ्नो शेषपछि शरीर दान दिने मन्जुरी दिएका थिए । नेपाली सन्दर्भमा यो दुर्लभ अभ्यास हो । अहिलेसम्म एकाध व्यक्तिहरूले मात्र यसरी आफ्नो शरीर दान दिएका छन् ।

नेपालमा अंगदान सम्बन्धी कानुनी व्यवस्था आउनु आठ वर्षअघि नै रिसालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दान गर्ने घोषणा गरेका थिए ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार रिसालको मृत शरीरलाई सड्न नदिनका लागि नसाबाट विभिन्न केमिकल दिएर राखिएको छ ।

मानिसको स्वाभाविक मृत्यु भएको तीन दिनदेखि भित्री अंगहरू सड्न थाल्छन् । शरीर दान गर्नेहरूको शरीरलाई भने लामो समयसम्म राख्नुपर्ने हुँदा नसड्ने गरी औषधि र रसायनमा राख्नुपर्ने हुन्छ, जसलाई ‘इम्बामिल्ङ’ पनि भनिन्छ ।

‘इम्बाल्मिङ’ गर्दा शरीरको प्रत्येक कोषमा रसायन पुगेको हुन्छ । यसले वर्षौंसम्म अंगलाई सड्न दिँदैन ।

मेडिकल कलेजमा विद्यार्थीलाई विभिन्न अंग चिरफार (डाइसेक्सन) गर्न लगाइन्छ । यो अभ्यास नगरी डाक्टर बन्न सकिंदैन । यस्तै अभ्यास गरेर नै विद्यार्थी दक्ष डाक्टर बन्दछन् ।

शाक्यका अनुसार रिसाल परिवारकै अनुरोधमा निधन भएको दुई दिनसम्म विदेशबाट आउने आफन्तले मुख हेर्नका लागि रिसालको पार्थिव शरीरलाई शव गृहमा राखिएको थियो । अहिले उनको निर्जीव शरीरलाई एनाटोमी विभागले ‘ट्यांक’मा डुबाएर राखेको छ ।

मानिसको शव अध्ययनको लागि राखिने ट्याङ्कलाई ‘फर्मलिन ट्याङ्क’ वा ‘केमिकल प्रिजर्भेसन ट्याङ्क’ पनि भनिन्छ। यी ट्याङ्कहरूमा फर्मलिन जस्ता रसायनहरू भरिएका हुन्छन्, जसले शवलाई सड्नबाट जोगाउँछन्।

उनको शरीरका विभिन्न अंगको मेडिकल विद्यार्थीबाट मात्र नभएर अनुसन्धानकर्ताबाट पनि अध्ययन गरिने डा. शाक्यले बताए ।

एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीका लागि ‘एनाटोमी डाइसेक्सन’ अध्ययनका लागि शव अनिवार्य हुन्छ ।

मेडिकल कलेजमा विद्यार्थीलाई विभिन्न अंग चिरफार (डाइसेक्सन) गर्न लगाइन्छ । यो अभ्यास नगरी डाक्टर बन्न सकिंदैन । यस्तै अभ्यास गरेर नै विद्यार्थी दक्ष डाक्टर बन्दछन् ।

‘उहाँको मृत शरीरलाई अहिले विशेष रसायनयुक्त ट्यांकमा डुबाएर राखिएको छ,’ डा. शाक्यले अनलाइनखबरसँग भने, ‘अब मेडिकल विद्यार्थी र अस्पतालको विभिन्न विभागले अध्ययन अनुसन्धान गर्न प्रयोग गरिन्छ ।’

डा. शाक्यका अनुसार रिसालको शव अस्पतालको क्यालेन्डर अनुसार पालैपालो प्रयोग गरिनेछ ।

‘हामीलाई वर्षमा दुई तीन वटा शव मेडिकल विद्यार्थीको अध्ययन गराउनका लागि आवश्यक पर्छ,’ शाक्यले अनलाइनखबरसँग भने, ‘अब छिट्टै नै उहाँको शरीरलाई मेडिकल विद्यार्थीले प्रयोगशालाको रूपमा प्रयोग गर्नेछन् ।’

वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीका अनुसार शवलाई कुहिन नदिनका लागि नसाबाट दुई/चार लिटर केमिकल हालिन्छ ।

‘नसाबाट हालेपछि सबै अंगमा केमिकल पुग्छ । शरीर कडा बन्छ र वषौंसम्म पनि कुहिँदैन,’ डा. वस्तीले अनलाइनखबरसँग भने, ‘मानव शरीरको आकार पनि बिग्रिंदैन ।’

चिकित्साशास्त्रका विद्यार्थीलाई शरीरका नसा, मुटु, कलेजो, मिर्गौला, फोक्सोलगायतका विभिन्न अंग प्रत्यङ्ग प्रत्यक्ष रूपमा देखाएरै पढाइन्छ र त्यही निर्जीव शरीरमा प्रयोगात्मक अभ्यास गरेर परीक्षा लिने काम गरिन्छ ।अनलाइनखबर

प्रतिकृया दिनुहोस

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ ः कृषि मन्त्री पौडेल

  चितवन÷कृषि तथा पशुपन्छी मन्त्रालय वागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा

जुम्ला अब ‘छाक टार्ने’ होईन, आकास ‘छेड्ने सपना’ देख्छ

जुम्ला अब ‘छाक टार्ने’ होईन, आकास ‘छेड्ने सपना’ देख्छ । तातोपानी गाउँ पालिकाका टक्क नेपाली यसको उदाहरण हुन् । टक्कले आफ्नो घरको छानामा हवाई

पोर्चुगल, स्पेन, फ्रान्स लगायतका देशहरूमा विद्युत आपूर्ति यसकारण अबरुद्ध

  वैशाख, १६ लिस्बन – आइतबार पोर्चुगल, स्पेन, अन्डोरा र फ्रान्सको केही दक्षिणी भागमा व्यापक रुपमा अचानक विद्युत आपूर्ति अवरुद्ध भयो