• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

साविक विजेता अर्जेन्टिनासँग सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड भिड्दै

काठमाडौं, असार २८,

फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्ड साविक विजेता अर्जेन्टिनासँग भिड्दैछ । सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिन लागेको अर्जेन्टिनाले राउन्ड अफ १६ मा इजिप्टलाई ३-२ ले पराजित गर्दाको सुरुआती ११ खेलाडीको टोलीलाई नै निरन्तरता दिएको छ। 

मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले स्विट्जरल्यान्डविरुद्धको महत्त्वपूर्ण भिडन्तका लागि स्ट्राइकर जुलियन अल्भारेज र मिडफिल्डर लिआन्द्रो पारेदेसलाई नै सुरुआती टिममा राखेका छन्। ३९ वर्ष पुगिसकेका अर्जेन्टिनी कप्तान लियोनेल मेसीका लागि यो छैटौँ तथा सम्भवतः अन्तिम विश्वकप हो। 

उमेर ढल्किए पनि मेसीले चालु विश्वकपका सबै पाँच खेलमा गोल गर्दै आफ्नो उत्कृष्ट लय कायमै राखेका छन्। प्रतियोगितामा ८ गोल गरिसकेका उनी सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका किलियान एमबाप्पेपछि दोस्रो स्थानमा छन्।

अर्कोतर्फ, स्विट्जरल्यान्ड ७२ वर्षपछि पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो। अर्जेन्टिना जस्तो बलियो टोलीविरुद्ध मैदान उत्रिँदा स्विट्जरल्यान्डका मुख्य प्रशिक्षक मुरात याकिनले साविक विजेतालाई पराजित गर्न सकिने आत्मविश्वास व्यक्त गरेका छन्।

 अर्जेन्टिना जित्नै नसकिने टोली नभएको उल्लेख गर्दै प्रशिक्षक याकिनले यो खेल रणनीतिक रूपमा निकै प्रतिस्पर्धात्मक हुने बताएका छन्। स्विट्जरल्यान्डका उदीयमान २० वर्षीय स्टार मान्जाम्बी र जाकेज चोटका कारण टोलीबाट बाहिरिएका छन्।

उपाधि दाबेदार मानिएको अर्जेन्टिनाको यहाँसम्मको यात्रा भने सोचेजस्तो सहज रहेको छैन। नकआउट चरणमा केप भर्डे र इजिप्टविरुद्धका खेलहरूमा अर्जेन्टिनाले निकै कठिन जित निकालेको थियो। इजिप्टविरुद्धको खेलमा रेफ्री र भिडियो सहायक रेफ्री (भीआर) ले अर्जेन्टिनाको पक्षमा निर्णय लिएको भन्दै विवाद र आलोचना समेत भएको थियो।

कान्सास सिटीमा नेपाली समयअनुसार आइतबार बिहान  पौने ७ बजे सुरु हुने यो खेलको विजेताले सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ। लोकान्तर

प्रतिकृया दिनुहोस

मैदानमा महिला पत्रकार: जेसीज सप्ताहको समापनमा रेडियो टोलीको फराकिलो जित

  भरतपुर, साउन ,२१ । नारायणगढ लेडी जेसीजले आयोजना गरेको 'जेसीज सप्ताह '२०२६' अन्तर्गत बुधबार चितवनका महिला पत्रकारहरू मैदानमा उत्रिएका

विश्वकप लिग-२: नेदरल्यान्ड्ससँग हारेसँगै नेपाल सबै चार खेलमा पराजित

काठमाडौँ :  विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले सबै चार खेलमा हार भोगेको छ। बुधबार भएको जारी सिरिजको अन्तिम खेलमा

फिफालाई १५ अर्ब डलर आम्दानी,

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक