• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

‘गौँथली’को प्रचार शैली : सिम्रनले डोको बोकेर भेटिन् काठमाडौंका दर्शक

नेपाली फिल्म क्षेत्रमा एउटा कहावत दशर्कौंदेखि चर्चित छ, ‘फिल्म बनाउनभन्दा चलाउन गाह्रो हुन्छ ।’ हुन पनि फिल्म त पैसा भएपछि बन्छ । तर, फिल्म चलाउन पैसाभन्दा ठूलो रणनीति र योजना चाहिन्छ । अहिलेको समयमा यो मितिमा फिल्म आउँदैछ भनेर मात्र पुग्दैन । फिल्मप्रति दर्शकमा उत्सुकता जगाउन सक्ने प्रचार शैली सबैभन्दा महत्त्वपूर्ण हुन्छ । 

साउन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘गौँथली’ले पनि दर्शकलाई आकर्षित गर्न फरक प्रचार शैली अपनाएको छ । शनिबार फिल्मकी मुख्य अभिनेत्री सिम्रन खड्कालाई चौबन्दी चोलो र फरियामा डोको बोकाएर काठमाडौंका सडकमा डुलाइएको थियो । दर्शकलाई फिल्मको कथा र पात्रसँग जोड्न निर्माण टिमले यस्तो शैली अपनाएको हो ।

काठमाडौंको पर्यटकीय क्षेत्र वसन्तपुर र ललितपुरको पाटन दरबार स्क्वायरमा डोकोमा घाँस बोकेर पुगेकी सिम्रनले दुई हजारभन्दा धेरै दर्शकलाई प्रत्यक्ष भेटेर ‘गौँथली’ हेर्न आग्रह गरिन् । फिल्मको सारांश र डिटेल समेटिएको ब्रोसर दिँदै फिल्म हेर्न निम्तो दिइन् । उनलाई चिन्ने दर्शकले झुम्मिँदै फोटो पनि खिचे । विदेशी पर्यटकले समेत उनको ग्रामीण हुलिया देखेर फोटो खिचेका थिए । 

फरक शैलीमा दर्शकसँग भेट गरेपछि सिम्रन थप उत्साहित देखिएकी छन् । ‘हामीले नयाँ तरिकाबाट दर्शकमाझ पुगेर फिल्म हेर्न आग्रह गर्‍यौं । म आफैँलाई पनि एकदमै रमाइलो अनुभव भयो । धेरैले हाम्रा अन्तर्वार्ता र ट्रेलर हेरेर फिल्म हेर्ने निर्णय गरिसकेको बताउनुभयो,’ सिम्रनले भनिन्, ‘केहीले त हामी यो फिल्म हेर्न हलमा गएका थियौँ, तर लागेकै रहेनछ भन्नुभयो ।’ डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा सिम्रनसहित अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपालीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

प्रिमियरमा रुचाइयो ‘गौँथली’, अरुण र सिम्रनको अभिनयको प्रशंसा

यही शुक्रबार (१ साउन)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो

‘रोल नं. १’को कमाइ १ करोड ७७ लाख, ‘जाँड’को डेढ लाख पनि पुगेन

गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’ले घरेलु बक्स अफिसमा १ करोड ७७ लाख ६ हजार ५८३ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोमबार चलचित्र विकास

रेखा निर्देशित ‘माया भनेकै यस्तो होला’को पोस्टरले के भन्छ ?

अभिनेत्री रेखा थापाको ८ वर्षपछिको निर्देशकीय कमब्याक फिल्म ‘माया भनेकै यस्तो होला’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । तीजको छेको पारेर भदौ