• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

प्रिमियरमा रुचाइयो ‘गौँथली’, अरुण र सिम्रनको अभिनयको प्रशंसा

यही शुक्रबार (१ साउन)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो सम्पन्न भयो । ७ सयभन्दा बढीको उपस्थिति रहेको प्रिमियरमा फिल्मले लोभलाग्दो प्रतिक्रिया पाएको छ । फिल्म हेरेपछि विशेषगरी महिला दर्शकहरू गहभरि आँसु लिएर हलबाट निस्किएका थिए । 

चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हेर्दा आँसु आएको बताए । उनले भने, ‘फिल्ममा हुनुपर्ने सबै गुण छ यसमा । परर्फेक्ट छ फिल्म । धेरै दृश्यले मेरो मन छोयो । हेर्दा आँसु नै आयो । कलाकारहरूको काम पनि एकदमै राम्रो छ । अरुण र सिम्रनले यति राम्रो काम गरेका छन् कि अब उनीहरूलाई फुर्सद नै हुँदैन । क्यामेरा वर्कदेखि लाइटिङ पनि साह्रै राम्रो छ ।’ 

अर्का कलाकार प्रकाश घिमिरेले पनि फिल्मको प्रशंसा गरे । ‘गौँथली’का कलाकार समेत रहेका उनले भने, ‘आम दर्शक भएर हेर्दा फिल्ममा मलाई मदेखि नै रिस उठ्यो । फिल्ममा अरुणले निभाएको पात्रजस्तै छ मेरो छोरा पनि । त्यो हिसाबले फिल्मले मलाई अझ छोयो । यति राम्रो फिल्म सायद दर्शकले पनि मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

सञ्चारकर्मी प्रकाश सुवेदी (रजतपट अंकल)ले ‘गौँथली’लाई पूर्ण फिल्मको संज्ञा दिए । उनले भने, ‘केस्रा-केस्रा केलाउने हो भने धेरै कमजोरी भेटिन सक्छन् । तथापि, यो पूर्ण फिल्म किन भन्दैछु भने यसमा प्रेम छ, हास्य छ, खुसी छ, रोदन छ । साह्रै राम्रो लाग्यो मलाई फिल्म । कति दृश्य त मैले हेर्न नसकेर अनुहार छोपेको थिएँ ।  

प्रतिकृया दिनुहोस

‘रोल नं. १’को कमाइ १ करोड ७७ लाख, ‘जाँड’को डेढ लाख पनि पुगेन

गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’ले घरेलु बक्स अफिसमा १ करोड ७७ लाख ६ हजार ५८३ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोमबार चलचित्र विकास

‘गौँथली’को प्रचार शैली : सिम्रनले डोको बोकेर भेटिन् काठमाडौंका दर्शक

नेपाली फिल्म क्षेत्रमा एउटा कहावत दशर्कौंदेखि चर्चित छ, ‘फिल्म बनाउनभन्दा चलाउन गाह्रो हुन्छ ।’ हुन पनि फिल्म त पैसा भएपछि बन्छ । तर, फिल्म चलाउन

रेखा निर्देशित ‘माया भनेकै यस्तो होला’को पोस्टरले के भन्छ ?

अभिनेत्री रेखा थापाको ८ वर्षपछिको निर्देशकीय कमब्याक फिल्म ‘माया भनेकै यस्तो होला’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । तीजको छेको पारेर भदौ