• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

नेपाली भूमिमा पाइला टेक्दैछु: पूर्वप्रधानमन्त्री देउवा

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले छिट्टै स्वदेश फर्कने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले स्वदेश फर्कने जानकारी दिएका हुन् । देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा हङकङमा बस्दै आएका छन् । 

सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भन्दै देउवाले आफू नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्ने बताएका छन् ।उनले लेखेका छन्, 'राष्ट्रियता, प्रजातन्त्र र समाजबाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु ।'

इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको पनि देउवाको भनाइ छ । 'प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्छ । यही विश्वासका साथ म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु,' उनले भनेका छन्

प्रतिकृया दिनुहोस

कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्।  देउवा दिउँसो १२ः३० मा काठमाडौं आइपुग्ने तय भएको

कांग्रेस पार्टीभित्रका संस्थापन र इतर पक्ष मिलाउन भन्दै साउन २० मा एकता भेला

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका तर विशेष महाधिवेशनबाट आएको कार्यसमितिभन्दा

कांग्रेस वरिष्ठ नेता ,पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

साउन,१२,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता , ,पूर्व उपप्रधानमन्त्री  गोपालमान श्रेष्ठको निधन भएको छ ।जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका