• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

लमजुङमा भानु–घाँसीको शालिक तोडफोड आरोपमा एक जना पक्राउ

  सौराहा अनलाइन आइतवार, श्रावण

लमजुङमा भानु–घाँसीको शालिक तोडफोड आरोपमा एक जना पक्राउ लमजुङ 

: लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–७ का ३४ वर्षीय रोशन कुँवर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

गत बुधबार मध्यनेपाल नगरपालिका–४ दुईपिप्ले बगैंचास्थित भानु–घाँसी संवाद पार्कमा रहेका भानुभक्त र घाँसीको शालिक तोडफोड भएको थियो। इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले कुँवरलाई शुक्रबार पक्राउ गरेको हो।

कुँवरविरुद्ध आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस

आजको राशिफल २०८३ साउन २९ गते (१४ अगस्ट २०२६) शुक्रवार, श्रावण शुक्लपक्ष द्वितीया तिथि

Ariesमेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम सुरु गर्ने सोच बन्नेछ। व्यापारमा पुरानो ग्राहकबाट राम्रो खबर आउन सक्छ। विद्यार्थीले पढेको कुरा सम्झन

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

 बुधबार, ०६ साउन २०८३,  :  लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ   काठमाडौँ । नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई

नौरङ्गे छुरा प्रहार प्रकरण : एक महिनापछि चार अभियुक्त पक्राउ, एक अझै फरार

चितवन :  भरतपुर महानगरपालिका–१२ नौरङ्गेमा १६ वर्षीय किशोर रिदम पराजुलीमाथि भएको सामूहिक कुटपिट तथा छुरा प्रहार प्रकरणमा प्रहरीले करिब एक