• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।

 

 

सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग

सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग

संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।

 

 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको समयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको भन्दै संघले यस घटनाको घोर भर्त्सना गरेको छ।ratopati

प्रतिकृया दिनुहोस

घरमा प्रयोग हुने स्यानिटाइजर र डिसइन्फेक्टेन्टमा लुकेको अदृश्य खतरा

वासिङ्टन स्टेट युनिभर्सिटीस्थित प्याट्रिसिया हन्टका प्रयोगशालामा मुसाहरूले गम्भीर जन्मदोष (अनुहारको विकृति र पछाडिको भाग नभएका) सहितका भ्रूणहरू

भरतपुर अस्पतालले स्वास्थ्य बिमामार्फत एक अर्ब ५७ लाख ९७ हजार ८३२ रुपैयाँ प्राप्त गरेको छ।

भरतपुर अस्पतालले स्वास्थ्य बिमामार्फत बिरामीलाई सेवा दिएबापत एक वर्षमा एक अर्ब ५७ लाख ९७ हजार ८३२ रुपैयाँ प्राप्त गरेको छ। अस्पताल प्रशासनका

दिनभरि थकान र अल्छीपनले हैरान हुनुहुन्छ? कारण यस्ता हुन सक्छन्, आजै सचेत बन्नुहोस्

काठमाडौं । बिहान उठ्दादेखि नै शरीर गलेको महसुस हुने, दिनभरि काममा मन नलाग्ने, सधैं थकान र अल्छीपनले सताउने समस्या धेरैमा देखिन्छ। धेरैले यसलाई