माडी नगरपालिकामा देखिएको प्रशासनिक अन्योलका कारण नागरिक सेवा प्रभावित
माडी नगरपालिकामा देखिएको प्रशासनिक अन्योलका कारण दैनिक कामकाज तथा नागरिक सेवा प्रभावित हुन थालेपछि कर्मचारीहरूले जनप्रतिनिधिसँग तत्काल निकास खोज्न आग्रह गरेका छन्।
बुधबार सामूहिक अनुरोधपत्र बुझाउँदै कर्मचारीहरूले नगर प्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरूलाई प्रशासनिक जटिलता समाधान गरी सहज कार्यवातावरण बनाउन आग्रह गरेका हुन्। माडी–९ भालुखोलास्थित जनजागृति आधारभूत विद्यालयमा शिक्षक छनोटका क्रममा उत्पन्न विवाद छानबिन गर्न साउन १७ गते समिति गठन गरिएको थियो।
तर, साउन १९ गते समितिका पदाधिकारीहरूले राजीनामा दिएपछि छानबिन प्रक्रिया अन्योलमा परेको कर्मचारीहरूको भनाइ छ। पछिल्लो घटनाक्रमले प्रशासनिक काम र सेवा प्रवाहमा समेत असर परेको भन्दै कर्मचारीहरूले विवादको शीघ्र समाधान गरी नगरपालिकाको नियमित कामकाज सहज बनाउन आग्रह गरेका छन्।














प्रतिकृया दिनुहोस