• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

चितवनका मानव बस्ती तथा आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि

चितवनका मानव बस्ती तथा आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि डिभिजन वन कार्यालयले निगरानीका लागि क्यामरा र नियन्त्रण खोर राख्न थालेको छ। भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसर, बाँसझ्याङ तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा क्यामरा र खोर व्यवस्थापन गरी नियमित अनुगमन भइरहेको वन कार्यालयले जनाएको छ। पोल्ट्री परिसरमा खोरमा परेको चितुवाको बच्चालाई उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ। यस्तै, भरतपुर–११ आँपटारीस्थित विद्युत् स्टेशन क्षेत्रमा बाघ आएको सूचना पाएपछि कार्यालय प्रवेशद्वारसहित विभिन्न स्थानमा क्यामरा जडान गरिएको छ। उक्त क्षेत्रमा बाघले स्थानीयको बाख्रा खाएको थियो। वन कार्यालयका अनुसार बाघ वा चितुवा खोरमा परे तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको छ। विज्ञहरूका अनुसार कमजोर तथा बच्चा हुर्काइरहेका बाघ–चितुवा जंगलमा सिकार गर्न कठिन भएपछि मानव बस्ती नजिक आउने गरेका छन्।

प्रतिकृया दिनुहोस

फोनिज चितवनको स्थापना दिवसमा पत्रकार सम्मानसँगै अक्षयकोषमा ६० हजार संकलन

  भरतपुर,२३ श्रावण। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज० चितवनले आफ्नो २७ औँ स्थापना दिवसका अवसरमा दुई पत्रकारलाई सम्मान गरेको छ।  फोनिज

  जिल्ला प्रशासन कार्यालय, चितवनको परिसरबाटै मोटरसाइकल चोरी भएको छ

चितवन :  जिल्ला प्रशासन कार्यालय, चितवनको परिसरबाटै मोटरसाइकल चोरी भएको छ। राष्ट्रिय परिचयपत्र बुझ्न जिल्ला प्रशासन कार्यालय पुगेका वीरबहादुर

माडी नगरपालिकामा देखिएको प्रशासनिक अन्योलका कारण नागरिक सेवा प्रभावित

माडी नगरपालिकामा देखिएको प्रशासनिक अन्योलका कारण दैनिक कामकाज तथा नागरिक सेवा प्रभावित हुन थालेपछि कर्मचारीहरूले जनप्रतिनिधिसँग तत्काल निकास