• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

फोनिज चितवनको स्थापना दिवसमा पत्रकार सम्मानसँगै अक्षयकोषमा ६० हजार संकलन

  भरतपुर,२३ श्रावण। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज० चितवनले आफ्नो २७ औँ स्थापना दिवसका अवसरमा दुई पत्रकारलाई सम्मान गरेको छ। 

फोनिज चितवनले संस्थागत विकास, सुदृढीकरण तथा सशक्त संगठन निर्माणसँगै आदिवासी जनजाति पत्रकारहरूको उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बिहानी मिडियाका सञ्चालक तथा फोनिज चितवनका सचिव आशिक रानामगर र इच्छाकामना न्युज डटकमका कार्यकारी सम्पादक चित्र ‘सोल्टी’ गुरुङलाई सम्मान गरेको हो

। उनीहरूलाई इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली, नेपाल आदिवासी जनजाति महासंघ नेफिन० चितवनका अध्यक्ष सागर कुमाललगायतको उपस्थितिमा सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो।

कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङले फोनिज चितवनले सञ्चालन गर्दै आएका रचनात्मक गतिविधिले समाज रूपान्तरणमा सकारात्मक ऊर्जा प्रदान गरेको बताए।

उनले सञ्चारकर्मीहरूले इच्छाकामना गाउँपालिकामा सूचना सम्प्रेषणमार्फत पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्यको अपेक्षा व्यक्त गरे।

नेफिन चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजातिको हकअधिकारका लागि आफू निरन्तर अघि बढिरहेको बताउँदै फोनिजका हरेक गतिविधिमा नेफिनको साथ रहने बताए। उनले साउन २४ गते मनाइने विश्व आदिवासी दिवसका अवसरमा नेफिन चितवनले आयोजना गर्ने कार्यक्रममा सञ्चार क्षेत्रबाट सहयोग गर्न आग्रह गरे। क्तबचकग्तभअज नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले आदिवासी जनजातिका हकअधिकारका विषयमा महासंघले लामो समयदेखि कलम चलाउँदै आएको बताए।

फोनिजको स्थापनापछि ती विषयलाई थप बल पुगेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि आदिवासी जनजातिका मुद्दामा महासंघको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए। कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष तथा चितवन जिल्लाका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, नेपाल आदिवासी जनजाति महिला महासंघ चितवनकी अध्यक्ष शोभा थापामगर, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमको स्वागत फोनिज चितवनका उपाध्यक्ष उर्गेन तामाङले गरेका थिए। अक्षयकोषका लागि ८० हजार जम्मा फोनिज चितवनले संस्थागत विकाससँगै फोनिजकर्मीहरूको क्षमता विकास र उत्थानका लागि ‘फोनिज अक्षयकोष’ स्थापना गर्ने तयारी गरेको छ।

फोनिज चितवनका अध्यक्ष तुलमान गुरुङका अनुसार अक्षयकोषका लागि हालसम्म करिब ८० हजार रुपैयाँ संकलन भइसकेको छ। जसमध्ये स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मात्रै करिब ६० हजार रुपैयाँ संकलन भएको कोषाध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए।

अक्षयकोषमा अध्यक्ष तुलमान गुरुङ, फोनिज वागमती प्रदेशका निवर्तमान उपाध्यक्ष राजेश रुम्बा, फोनिज चितवनकी कार्यसमिति सदस्य विनिता श्रेष्ठ, सचिव आशिक रानामगर, कोषाध्यक्ष उमेश श्रेष्ठ, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शोभा थापामगर, भरतपुर निवासी चन्दा गुरुङ र फोनिज चितवनका निवर्तमान अध्यक्ष रमेश रानामगरलगायतले आर्थिक सहयोग गरेका छन्।

प्रतिकृया दिनुहोस

  जिल्ला प्रशासन कार्यालय, चितवनको परिसरबाटै मोटरसाइकल चोरी भएको छ

चितवन :  जिल्ला प्रशासन कार्यालय, चितवनको परिसरबाटै मोटरसाइकल चोरी भएको छ। राष्ट्रिय परिचयपत्र बुझ्न जिल्ला प्रशासन कार्यालय पुगेका वीरबहादुर

चितवनका मानव बस्ती तथा आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि

चितवनका मानव बस्ती तथा आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि डिभिजन वन कार्यालयले निगरानीका लागि क्यामरा र नियन्त्रण खोर राख्न थालेको छ।

माडी नगरपालिकामा देखिएको प्रशासनिक अन्योलका कारण नागरिक सेवा प्रभावित

माडी नगरपालिकामा देखिएको प्रशासनिक अन्योलका कारण दैनिक कामकाज तथा नागरिक सेवा प्रभावित हुन थालेपछि कर्मचारीहरूले जनप्रतिनिधिसँग तत्काल निकास