• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

३९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ।

साउन २५   २०८३  सोमबार,   जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै छ। 

महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको तथ्यांकअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा बाढीको खतरा छैन। यस्तै, यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै छ।

 

 

प्रमुख नदीहरू शान्त रहे पनि झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ र सङ्खुवासभाका साना नदीहरूमा भने आज बाढीको जोखिम देखिन्छ। सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दी भई बहने खोलाहरूमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

 

यसैगरी गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ। महाशाखाका अनुसार यी ३९ जिल्ला र आसपासका क्षेत्रमा बहने साना नदीहरूमा जलस्तर एक्कासि बढ्न सक्छ।rato pati

 

आगामी दुई दिन अर्थात् साउन २६ र २७ गते पनि कोशी र गण्डकी प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ। तसर्थ, जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा

देशभर मनसुनी वायुको प्रभाव: अधिकांश भू-भागमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : उद्योगमन्त्री

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन