• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

बाढी-पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । पछिल्लो केही दिनदेखि जारी अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीलेको पछिल्लो तथ्यांक अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा बन्द रहेका छन् ।

बागमती प्रदेश अन्तर्गत वीपी राजमार्ग र कान्ति लोकपथमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वीपी राजमार्गको काभ्रे खण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म र कान्ति लोकपथको मकवानपुर खण्डमा साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ । यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ, कोदारी र चारकिलोमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक खण्ड पनि बाढीका कारण लामो समयदेखि बन्द रहेको छ ।

 

 

कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग (झापा-ताप्लेजुङ सडक) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, भोजपुरस्थित मध्य पहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

 

गण्डकी प्रदेशको लमजुङस्थित मध्य पहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा ठप्प छ । बागलुङको कालीगण्डकी करिडोर भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर र सुदूरपश्चिमको बाजुरामा कर्णाली करिडोर अन्तर्गतको कालीकोट-हुम्ला सडक खण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

 

नेपाल प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा तय गर्न र जोखिमपूर्ण स्थानमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।rato pati

प्रतिकृया दिनुहोस

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा

देशभर मनसुनी वायुको प्रभाव: अधिकांश भू-भागमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : उद्योगमन्त्री

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन