• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

प्रहरी परिसर अगाडि धर्ना दिंदै पत्रकार महासंघ

काठमाडौं :  पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ ।धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबैलाई महासंघले आह्वान समेत गरेको छ ।महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नाका लागि आह्वान गरेका हुन् ।

 

 

 

हिजो नेपाल प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको छ ।

 

महासंघले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेको छ । हिजो राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरुको एक टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो ।

श्रेष्ठलाई विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

प्रतिकृया दिनुहोस

विविध कार्यक्रमका साथ आज अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

अन्तर्राष्ट्रिय युवा दिवस प्रत्येक वर्ष १२ अगस्ट का दिन विश्वभर मनाइन्छ।  संयुक्त राष्ट्र सङ्घले युवाका मुद्दाहरूलाई स्थापित गर्न, उनीहरूको आवाज

अमेरिका जान अब नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने नियम

काठमाडौँ । नेपालसहित ५० देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नियम लागू गरिएको छ। अमेरिकी

अमेरिकाले फेर्‍यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने

काठमाडौँ। अमेरिकाले आफ्नो दशकौँ पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ।  अमेरिकी गृह सुरक्षा विभाग