• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।

जसको प्रभावले हाल मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल देखी मौसम मुख्यतया सफा रहेको छ।

 

 

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  हिमाली र पहाडी भूभागका धेरै स्थान कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू(भागका केहि स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केहि स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भूभागका थोरै स्थान साथै बागमती प्रदेशको पहाडी भूभागका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागको एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

 

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केहि स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।rato pati

प्रतिकृया दिनुहोस

देशभर मनसुनी वायुको प्रभाव: अधिकांश भू-भागमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : उद्योगमन्त्री

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन

विविध कार्यक्रमका साथ आज अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

अन्तर्राष्ट्रिय युवा दिवस प्रत्येक वर्ष १२ अगस्ट का दिन विश्वभर मनाइन्छ।  संयुक्त राष्ट्र सङ्घले युवाका मुद्दाहरूलाई स्थापित गर्न, उनीहरूको आवाज