: सिन्धुपाल्चोक–२ मा देउवा पक्षका बस्नेत सभापतिमा चयन
सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट प्रकाश बस्नेत (काजी) क्षेत्रीय सभापतिमा चयन भएका छन् ।
शुक्रबार भएको अधिवेशनले प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ को नेतृत्व चयन गर्नुका साथै विभिन्न क्लस्टरबाट ३५ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको अधिवेशनबाट सचिवमा राजकुमार रायमाझी र अजय लामा तथा सहसचिवमा बलराम बानियाँ र मानबहादुर तामाङ चयन भएका छन्।
त्यसैगरी, प्रदेशसभा क्षेत्र ‘क’ को नेतृत्वमा सूर्यप्रसाद कोइराला र प्रदेशसभा क्षेत्र ‘ख’ को नेतृत्वमा रामशरण गिरी चयन भएका छन्। अधिवेशनले विकास तामाङ, राजु गोर्खाली, भरत खड्का, गणेश खड्का, तेज बानियाँ, कौशिला गिरी, परमात्मा नेपाल, फणिन्द्र दाहाल, अनुराधा गुरुङ, विश्वराम श्रेष्ठ, मदनराज गिरी, इन्दिरा खतिवडा, रामचन्द्र दुलाल, सुशान गिरी, शङ्कर कार्कीसहित ३५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ। कांग्रेस नेता मोहन बस्नेतको उपस्थितिमा अधिवेशन उद्घाटन गरिएको थियो।










प्रतिकृया दिनुहोस