• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

कवि ठाकुर बेलबासेको कविताकृति ‘चोटहरुको उत्सव’ लोकार्पित

काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको नवितम् कविताकृति ‘चोटहरुको उत्सव’ कविता संग्रहको शुक्रबार लोकार्पण गरिएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उक्त कृतिको वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मा लगायतले लोकार्पण गरे ।वरिष्ठ कवि, साहित्यकार एवम् संस्कृतिविद् तुलसी दिवसले ‘चोटहरुको कविता’ संग्रह पढेपछि चोटहरुले मान्छेलाई मान्छे बनाउँछ भन्नेमा आफू विश्वस्त भएको जनाउनु भयो । चोटहरु मानिसको जीवनमा अत्यन्त महत्वपूर्ण हुने जनाउँदै उहाँले चोट पाएपछि नै मान्छेको इतिहास नेपालमा मात्रै होइन, विश्वमै अम्मर बनेको दृष्टान्त प्रस्तुत गर्नुभयो । बेलबासेको कृति आफूलाई सार्थक लागेको बताउँदै उहाँले भन्नुभयो, “चोट परेपछि दुःखपीडा त लाग्छ नै, आँसु त चुहिन्छ नै तर आँसु चुहुनु पनि कहिलेकाहीँ हाँसोभन्दा बढी महत्वपूर्ण हुन्छ ।” उत्सव खुसी र रमाइलोको मात्रै होइन, चोटहरुको पनि हुन्छ भन्ने सन्देश ‘चोटहरुको उत्सव’ भन्ने कविता संग्रहले प्रष्ट पारेको पनि वरिष्ठ कवि दिवसले जनाउनु भयो । धेरै कवि तथा साहित्यकारहरु चोट खाएर असाधारण क्षमता भएको व्यक्ति भएर देश–विदेशमा नाम राखेको उहाँको भनाइ थियो ।

लोकार्पित कृतिका कविताहरु कवि विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले, हेम प्रभास र शोभा अधिकारीले वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार शान्ता मानवी, पृथ्वी विचारका अभियन्ता झलक बस्नेत, राजकुमार बानियाँ, सोभित उप्रेतीलगायत दुईसय जनाको उपस्थिति रहेको थियो ।

कविताकृति सार्वजनिकीकरण समारोहमा आयोजक सुनसरी वाङमय प्रतिष्ठानको तर्फबाट कार्यक्रमको सुरुवातमा पूर्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै प्रष्ठिानका अध्यक्ष छविरमण सिलवालले कविताकृति प्रकाशन गर्ने अवसर दिएको भन्दै कवि बेलबासेलाई धन्यवाद दिँदै सम्मानपत्रले सम्मान गर्नुभयो ।

प्रतिकृया दिनुहोस

बझाङमा ‘नोस्टाल्जिक’

  बाउलीसँग आँखा जुधेपछि बाउलीसँग २३ वर्षपछि मेरा आँखा जुध्दा अनायस मनमा एउटा निकटताको भाव विकसित भएको अनुभव भयो । बाउली गाड अर्थात् बझाङको

मेरी आमा तिम्री आमा

मीरा राजभन्डारी अमात्य ,कतामरी मार्च २२ - २०२५   किन हो अचेल हरेक हात हरु मा तिमी आमा देख्छु हरेक हात का स्वाद हरु मा तिम्रा स्वाद हरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)नेपाल च्याप्टरको आयोजनामा प्रा.डा गोपी उप्रेतीको प्रकृत्या सह जीवनम् पुस्तक लोकार्पण समारोह सम्पन्न |

        विश्वराज अर्याल काठमाडौँ, पौष  ६।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा प्रा डा गोपी उप्रेतीको प्रकृत्या सह