• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

बागमती प्रदेशको स्थायी संरचना छिटो बनाउन मन्त्री रायमाझी पौडेलको निर्देशन

  मकवानपुर ,१२,साउन ।बागमती प्रदेश सरकारले प्रदेशको स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले मंगलबार हेटौँडा–१६ र १७ को प्रस्तावित स्थल निरीक्षण गर्दै निर्माण प्रक्रिया ढिलाइ नगरी अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्।

हेटौँडा उपमहानगरपालिका–१६ र १७ स्थित प्रस्तावित प्रादेशिक संरचना निर्माणस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री रायमाझीले काममा ढिलासुस्ती नगर्न र कार्यान्वयन प्रक्रियामा तीव्रता दिन निर्देशन दिएकी हुन् । प्रादेशिक संरचना निर्माणमा सरकार र मन्त्रालय अहिले पूर्ण तयारीको अवस्थामा छ ।

कुनै पनि कानुनी वा प्राविधिक समस्या छैन भने अब डिजाइनअनुसारको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्छ । रुख कटानले खरिद प्रक्रियालाई रोक्दैन । दुवै काम समानान्तर रूपमा अघि बढाउन सकिन्छ । सोहीअनुसार कामलाई समानान्तर रूपमा लैजानुपर्छ,’ मन्त्री रायमाझीले भनिन् । राजनीतिक अस्थिरता र सरकार गठनका चर्चाबिच पनि मन्त्री रायमाझीले विकासका काम नरोक्न आग्रह गरिन् ।

उनले आयोजना स्थलको अवस्था र आगामी कार्ययोजनाबारे कर्मचारीसँग विस्तृत छलफलसमेत गर्िन्। रुख कटानको काम सम्पन्न गर्न करिब एक महिना लाग्ने अनुमान गरिए पनि सोही अवधिमा टेन्डर प्रक्रियाका काम पनि अघि बढाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता भुपेन्द्र यादवका अनुसार प्रादेशिक संरचना निर्माणका लागि मंगलबार मात्रै रुख कटानका लागि डिभिजन वन कार्यालय मकवानपुरसँग मन्त्रालयले सम्झौता गरेको छ ।

प्रदेश सरकार गठन भएको सात वर्षपछि आफ्नै स्थायी प्रशासनिक भवन निर्माणका लागि हेटौँडा–१६ र १७ को सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने अनुमति पाएसँगै रुख कटानका लागि जेठमै छपान कार्य सम्पन्न गरिएको थियो । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ र १७ मा रहेको ३१.२ हेक्टर सामुदायिक वन क्षेत्र प्रशासनिक भवन निर्माणका लागि प्रयोग गर्न पाउने गरी गत चैतमा सङ्घीय सरकारबाट भोगाधिकार प्राप्त गरेको थियो । २०८२ चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सरकारले भोगाधिकारस्वरूप २७.५७ हेक्टर घ्याम्पे र चुरेकाली सामुदायिक वन क्षेत्र तथा ३.४५ हेक्टर विद्यालय र सार्वजनिक जग्गा प्राप्त गरेको थियो ।

उक्त क्षेत्रमा रहेका विभिन्न प्रजातिका ५ हजार २२६ वटा रुख हटाउन वन विभागले अनुमति दिइसकेको छ । मन्त्रालयले ५ हजार २२६ वटा रुख कटानबापत ३ करोड ४१ लाख रुपैयाँ वन विकास कोषमा जम्मा गरिसकेको छ । प्रादेशिक संरचना निर्माण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अनुसार संरचना निर्माणका क्रममा ५ हजार २२६ वटा रुख काटिनेछन् । तीमध्ये सबैभन्दा बढी २ हजार ३७२ वटा सिसौ र १ हजार ९३७ वटा खोटे सल्लाका रुख छन् । रुख कटानबाट करिब १ हजार ६४३ घनमिटर काठ र १ हजार ६४२ घनमिटर दाउरा उत्पादन हुने अनुमान छ । प्रदेश सरकारले एकीकृत प्रादेशिक संरचना, प्रदेशसभा भवन र आवास निर्माणका लागि आर्थिक वर्ष २०८३/८४ मा ५६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उक्त स्थानमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा मन्त्रालयका भवन, प्रदेशसभा भवन, सुरक्षा निकायका कार्यालय, लोकसेवा आयोग, नीति तथा योजना आयोग, बैंक, क्याफेटेरिया र शिशु स्याहार केन्द्रसहित २५ वटा आधुनिक संरचना निर्माण गर्ने गरी ईआईए गरिएको छ। प्रदेश सरकारको प्रशासनिक भवन बन्ने स्थान हेटौँडा बजारबाट करिब ११ किलोमिटर पूर्वमा पर्छ। बागमती प्रदेश सरकारले प्रदेशको स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझी पौडेलले मंगलबार हेटौँडा–१६ र १७ को प्रस्तावित स्थल निरीक्षण गर्दै निर्माण प्रक्रिया ढिलाई नगरी अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।रातोपाटीवाट

प्रतिकृया दिनुहोस

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने

माछाका भुरा उत्पादन

मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ४ करोड ३८ लाख ह्याचलिङसहित ठूलो परिमाणमा माछाका भुरा उत्पादन गरेको

सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक :मन्त्री रायमाझी पौडेल

 काठमाडौँ । बागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझी पौडेलले समस्याग्रस्त र सही तरिकाले चलिरहेका सहकारीलाई एउटै दृष्टिकोणले