• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

माछाका भुरा उत्पादन

मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ४ करोड ३८ लाख ह्याचलिङसहित ठूलो परिमाणमा माछाका भुरा उत्पादन गरेको छ। 

केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार एक वर्षमा ४ करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा २ हजार ५३ किलो खाने माछा उत्पादन गरी बिक्री गरिएको हो।

भुरा बिक्रीबाट मात्रै ३४ लाख ३५ हजार ५३६ रुपैयाँ आम्दानी भएको छ।

केन्द्रले रहु, नैनी, भाकुर, कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ग्रास कार्पका भुरा उत्पादन गर्दै आएको छ।

उत्पादित भुरा मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका किसानले खरिद गर्दै आएका छन्। केन्द्रले निजी क्षेत्रका ह्याचरी सञ्चालकलाई तालिम तथा प्राविधिक ज्ञानसमेत उपलब्ध गराउँदै आएको छ।

विसं २०१८ मा स्थापना भएको केन्द्रमा ७८ वटा माछापोखरी रहेकामा १९ वटा प्रयोगविहीन छन्।

प्रतिकृया दिनुहोस

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने

सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक :मन्त्री रायमाझी पौडेल

 काठमाडौँ । बागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझी पौडेलले समस्याग्रस्त र सही तरिकाले चलिरहेका सहकारीलाई एउटै दृष्टिकोणले

बागमती प्रदेशको स्थायी संरचना छिटो बनाउन मन्त्री रायमाझी पौडेलको निर्देशन

  मकवानपुर ,१२,साउन ।बागमती प्रदेश सरकारले प्रदेशको स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले