• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

दिनभरि थकान र अल्छीपनले हैरान हुनुहुन्छ? कारण यस्ता हुन सक्छन्, आजै सचेत बन्नुहोस्

काठमाडौं । बिहान उठ्दादेखि नै शरीर गलेको महसुस हुने, दिनभरि काममा मन नलाग्ने, सधैं थकान र अल्छीपनले सताउने समस्या धेरैमा देखिन्छ। धेरैले यसलाई सामान्य सम्झिएर बेवास्ता गर्ने गर्छन्। तर, यस्तो अवस्था कहिलेकाहीँ शरीरले दिएको स्वास्थ्यसम्बन्धी संकेत पनि हुन सक्छ।

 

विशेषज्ञका अनुसार पर्याप्त निद्रा नहुनु, असन्तुलित खानपान, शरीरमा आवश्यक भिटामिन तथा खनिजको कमी, पर्याप्त पानी नपिउनु, अत्यधिक मानसिक तनाव, शारीरिक गतिविधिको कमी, थाइराइड, रक्तअल्पता (एनेमिया), मधुमेहजस्ता स्वास्थ्य समस्याले पनि लगातार थकान महसुस गराउन सक्छ।

 

 

यसबाट बच्न दैनिक ७–९ घण्टा गुणस्तरीय निद्रा लिनु, सन्तुलित आहार खानु, पर्याप्त पानी पिउनु, नियमित व्यायाम गर्नु र तनावलाई नियन्त्रणमा राख्नु आवश्यक छ। साथै धूम्रपान, मदिरा सेवन तथा अनियमित जीवनशैलीबाट टाढा रहनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यदि लामो समयसम्म थकान र अल्छीपन कम नहुने, दैनिक काम गर्नसमेत कठिन हुने वा अन्य असामान्य लक्षण देखिने अवस्था छ भने ढिलाइ नगरी चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ। समयमै सचेत भए धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

प्रतिकृया दिनुहोस

घरमा प्रयोग हुने स्यानिटाइजर र डिसइन्फेक्टेन्टमा लुकेको अदृश्य खतरा

वासिङ्टन स्टेट युनिभर्सिटीस्थित प्याट्रिसिया हन्टका प्रयोगशालामा मुसाहरूले गम्भीर जन्मदोष (अनुहारको विकृति र पछाडिको भाग नभएका) सहितका भ्रूणहरू

भरतपुर अस्पतालले स्वास्थ्य बिमामार्फत एक अर्ब ५७ लाख ९७ हजार ८३२ रुपैयाँ प्राप्त गरेको छ।

भरतपुर अस्पतालले स्वास्थ्य बिमामार्फत बिरामीलाई सेवा दिएबापत एक वर्षमा एक अर्ब ५७ लाख ९७ हजार ८३२ रुपैयाँ प्राप्त गरेको छ। अस्पताल प्रशासनका

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला