• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

विद्यालयको शैक्षिक गुणस्तरभन्दा भौतिक निर्माणमा व्यवस्थापन समितिको ध्यान

चितवन । चितवनका केही विद्यालयमा शैक्षिक गुणस्तर सुधारभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक–कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित भएको पाइएको छ ।

विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाईले पछिल्लो समय अनुगमनलाई तीव्रता दिएको छ ।

 

 

 

इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले गत भदौ २१ गते जिम्मेवारी सम्हालेपछि विद्यालय अनुगमन सुरु गरिएको बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई आफ्नो जिम्मेवारी र कानुनले तोकेको कार्यक्षेत्रबारे अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

 

अनुगमनका क्रममा शिक्षक तथा प्रधानाध्यापकले कक्षाकोठाको शिक्षण अभ्यास अवलोकन गरी प्राविधिक सहयोग गर्न सुझाव दिएको पोखरेलले जानकारी दिए । त्यसका लागि विज्ञसहितको टोली बनाएर विद्यालय अनुगमन गर्ने तयारी गरिएको छ ।

 

 , ‘विशेषगरी कक्षाकोठा अवलोकन गरी शिक्षण सिकाइमा आवश्यक प्राविधिक सहयोग गर्नुपर्ने उहाँहरूको सुझाव छ ।’

 

अनुगमनको विवरण सम्बन्धित मन्त्रालय तथा विभागमा पठाइएको उनले बताए । विद्यालय अनुगमनमा स्थानीय तहसँग पनि समन्वय गरिएको छ । अनुगमनका क्रममा राजनीतिक हस्तक्षेपको अनुभूति नभएको उल्लेख गर्दै उनले शिक्षकहरूले अनुगमनलाई निरन्तरता दिन र विद्यालयका समस्या पहिचान गरी सुझाव दिन आग्रह गरेको बताए ।

 

 ।

 

चितवनमा सामुदायिक, संस्थागत र धार्मिक गरी ४९७ विद्यालय सञ्चालनमा छन् । इकाईका अनुसार जिल्लामा ३२५ सामुदायिक, १६५ संस्थागत र सात धार्मिक विद्यालय छन् ।

चितवन २०७१ सालमै साक्षर जिल्ला घोषणा भएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत छ ।

प्रतिकृया दिनुहोस

जेनिथ इङ्लिस बोर्डिङ स्कुलमा स्पोर्ट्स मिट–२०८३ सुरु

      विश्व निधि अर्याल  चितवन  मंसिर ९ /२०८३ बुधबार। भरतपुर महानगरपालिका वडा नं. २०, चनौलीस्थित जेनिथ इङ्लिस बोर्डिङ स्कुलमा  हिजो बाट

नेपाल विद्यालय कर्मचारी परिषद् चितवनको भेला सम्पन्न,कर्मचारीको हकहित र स्थायित्वका लागि एकजुट हुन आह्वान

चितवन, असोज २७ – विद्यालय कर्मचारीको हकहित, सेवा–सुविधा र पेशागत स्थायित्व सुनिश्चित गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिँदै नेपाल विद्यालय कर्मचारी

इनर ह्वील क्लबद्वारा श्री आधारभूत विद्यालयलाई शैक्षिक सामग्री र कार्पेट सहयोग

    भरतपुर १६, । इनर ह्वील क्लब अफ भरतपुर सिटी र इनर ह्वील क्लब अफ भरतपुर डिभाइनको संयुक्त आयोजनामा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण