• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा भएको अवसरमा चितवनमा नागरिक संवाद कार्यक्रम सम्पन्न

५ मंसिर , भरतपुर   । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा ‘विस्तृत शान्ति सम्झौताको दुई दशकः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पुनः आग्रह’ विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ।

मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति जीवन के सी काे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा शान्ति समाजका पुर्व केन्द्रीय उपसभापति उद्वव लाेहनिले शान्ति समाजकाे अवधारणा पत्र प्रस्तुत सहित आफ्नो धारणा राख्नुभएको थियो भने भ्रष्टाचार विरुद्धको निगरानी समूह चितवनका अध्यक्ष वेलबहादुर गुरुङ, पीडित परिवारका तर्फबाट सरस्वती पौडेल, भ्रष्टाचार विरुद्धको अभियान चितवनका कोषाध्यक्ष रवि भद्र खनाल , बेपत्ता परिवारका तर्फबाट निशा न्यौपानेले आफ्ना धारणा राख्नुभएको थियो।

त्यसैगरी मानव अधिकार संजाल चितवनका संयाेजक दिपक लामिछाने , मानव अधिकारकर्मि बिनाेद खण्ड तिमिल्सिना , नेकपाका प्रतिनिधि नारायण आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव तेजेन्द्र पौडेल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल तथा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका निवर्तमान सभापति एवं सल्लाहकार पूर्णचन्द्र चापागाईंले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो। द्वन्द्वपीडित तथा बेपत्ता परिवारलाई न्यायको अनुभूति गराउन सत्य निरूपण, परिपूरण र न्यायिक प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार तथा राजनीतिक दलहरू गम्भीर र जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरिएको थियाे

प्रतिकृया दिनुहोस

दोलखा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई चितवन उद्योग वाणिज्य संघद्वारा स्वागत तथा छलफल

भरतपुर, ६ मंसिर २०८३ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा आज संघकै सचिवालयमा दोलखा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत तथा व्यावसायिक छलफल

चितवनमा क्षेत्रफल घटेपनि धान उत्पादन बढ्यो, यसवर्ष आठ प्रतिशतको वृद्धि

चितवन- जिल्लामा धान उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ। जिल्लामा धान उत्पादनको क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ।जिल्ला कृषि बिकास कार्यालय,

कांग्रेस देउवा समूहको चितवन तरुण दल अध्यक्षमा राजकुमार तामाङ नियुक्त

चितवन । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निकट नेपाल तरुण दल चितवनको अध्यक्षमा राजकुमार तामाङ नियुक्त भएका छन्। केन्द्रीय अध्यक्ष दिल