पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहाड कटान तथा सडक सफाइको काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहाड कटान तथा सडक सफाइको काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का अनुसार अप्ठेरो भूगोल र जोखिमपूर्ण अवस्थाका कारण काममा ढिलाइ भएको हो । गत शनिबारदेखि दैनिक पाँच घण्टा (बिहान ११ देखि दिउँसो ४ बजेसम्म) सवारी आवागमन रोकेर काम भइरहेको छ ।
माथिबाट स्काभेटरमार्फत पहाडको जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । कामका क्रममा मंगलबार माथिबाट ढिस्को खस्दा स्काभेटर पुरिएको थियो । पहिरो पन्छाएर पुनः काम सुरु गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रले थप समस्या नआए तीन दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।













प्रतिकृया दिनुहोस