• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहाड कटान तथा सडक सफाइको काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहाड कटान तथा सडक सफाइको काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का अनुसार अप्ठेरो भूगोल र जोखिमपूर्ण अवस्थाका कारण काममा ढिलाइ भएको हो । गत शनिबारदेखि दैनिक पाँच घण्टा (बिहान ११ देखि दिउँसो ४ बजेसम्म) सवारी आवागमन रोकेर काम भइरहेको छ ।

माथिबाट स्काभेटरमार्फत पहाडको जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । कामका क्रममा मंगलबार माथिबाट ढिस्को खस्दा स्काभेटर पुरिएको थियो । पहिरो पन्छाएर पुनः काम सुरु गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रले थप समस्या नआए तीन दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

मौसम पूर्वानुमान/

 हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा

भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस

हिमाली भेगमा हल्का हिमपात हुन सक्ने

    मङ्सिर  ०७ २०८३ सोमबार  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन।  महाशाखाले