• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

बिहीबारदेखि नारायणी महोत्सव २०८३ सुरु

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबारदेखि नारायणी महोत्सव २०८३ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले उद्घाटन गर्नुभएको हो ।

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

बाढीले क्षतिग्रस्त बनाएको नारायणी नदी किनारलाई आयोजकले आफ्नै लगानीमा व्यवस्थित गरी महोत्सव सञ्चालनमा ल्याएको जनाएको छ । महोत्सवमा हट एयर बेलुन, जिरो ग्र्याभिटी राइड, मनोरञ्जनात्मक खेल, व्यापारिक स्टल, स्थानीय उत्पादन तथा विभिन्न खानाका परिकार राखिएका छन् ।

आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सवको साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

चितवनमा रोमान्चक नजारा: हात्तिको छावा पुन्टुरी को दोस्रो जन्मोत्सव

चितवन  । यहाँको सौन्दर्य र वन्यजन्तुको मायाले भरिएको चितवनमा बिहीबार एक निकै अनौठो र रमाइलो दृश्य देखने पाइयो। सबैकी प्यारी हात्तीकी छावा

डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने

भदौ २५ गते   चितवन । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा मोफसलकै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनले राष्ट्रिय चर्चित

प्रिमियरमा रुचाइयो ‘गौँथली’, अरुण र सिम्रनको अभिनयको प्रशंसा

यही शुक्रबार (१ साउन)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो