• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको भ्रातृसंस्था नेपाल मुस्लिम सङ्घको अध्यक्ष पदमा मिनहाज खानलाई मनोनयन गरेको छ

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको भ्रातृसंस्था नेपाल मुस्लिम सङ्घको अध्यक्ष पदमा मिनहाज खानलाई मनोनयन गरेको छ । समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशाङ्क कोइरालाले काठमाडौँ महानगरपालिका वडा नं. ९ निवासी खानलाई अध्यक्षमा मनोनीत गरेका हुन् । 

डा। कोइरालाले पार्टी विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम खानलाई नेपाल मुस्लिम सङ्घको अध्यक्ष पदमा मनोनयन गरिएको पत्रमा उल्लेख गरेका छन् ।

 

 

 

पत्रमा संयोजक कोइरालाले खानलाई अध्यक्षको रूपमा पार्टीको स्थापित मूल्य–मान्यतालाई आत्मसात् गर्दै आगामी ६ महिनाभित्र नेपाल मुस्लिम सङ्घको महाधिवेशन सम्पन्न गर्ने कार्यादेश दिएका छन् । 

समूहले यसअघि ६ भ्रातृ संस्थामा समानान्तर समिति बनाइसकेको छ ।  ‘नेपाल तरुण दल’ को अध्यक्षमा दिल लामा, ‘नेपाल विद्यार्थी सङ्घ’ को अध्यक्षमा सिर्जना मल्ल, ‘नेपाल आदिवासी जनजाति सङ्घ’ को अध्यक्षमा अमिर लामा मोक्तान, ‘नेपाल सांस्कृतिक सङ्घ’ को अध्यक्षमा अर्जुन गिरी, ‘लोकतान्त्रिक अपाङ्ग सङ्घ’को अध्यक्षमा विकास थापा,  ‘नेपाल दलित सङ्घ’ को अध्यक्षमा यमुना विश्वकर्मा र ‘नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ’ को अध्यक्षमा सुबोध प्रधानलाई डा.कोइरालाले अध्यक्षमा मनोनीत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने बताउनुभएको छ। उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन

देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा सर्वसम्मत निर्वाचित भए राणा

देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा सर्वसम्मत निर्वाचित भए रोज राणा काठमाडौं । नेपाली कांग्रेस (देउवा समूह) को लुम्बिनी प्रदेश सभापतिमा युवा नेता

विस्तृत शान्ति सम्झौताको २० वर्ष : सङ्क्रमणकालीन न्यायका सवाल अधुरै रहेकोमा इन्सेकको चिन्ता

काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदासमेत द्वन्द्वपीडितले न्याय र परिपूरण पाउन नसकेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र