• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

चितवनमा रोमान्चक नजारा: हात्तिको छावा पुन्टुरी को दोस्रो जन्मोत्सव

चितवन  । यहाँको सौन्दर्य र वन्यजन्तुको मायाले भरिएको चितवनमा बिहीबार एक निकै अनौठो र रमाइलो दृश्य देखने पाइयो। सबैकी प्यारी हात्तीकी छावा ‘पुन्टुरी’ ले आफ्ना शुभचिन्तकहरूको साथमा धूमधामका साथ आफ्नो दोस्रो जन्मदिन मनाएकी छिन्।

​जन्मदिनको विशेष अवसरमा पुन्टुरीलाई नेपाली राष्ट्रिय झण्डा ओढाइएको थियो भने निधारमा अबिरको टीका लगाइएको थियो। उनको वरिपरि केरा, स्याउ, आँप र खरबुजाजस्ता मीठा फलफूलहरू सजाइएका थिए। आमासँगै खुसीसाथ उभिएकी पुन्टुरीले केक काटेर उत्सवको आनन्द लिइन्। शुभचिन्तकहरूले कसैले फलफूल त कसैले विशेष कपडा उपहार दिएर उनको दिनलाई अझ विशेष बनाएका थिए।

​पुन्टुरी जन्मिएदेखिनै निरन्तर जन्मदिन मनाउँदै आएका कन्टेन्ट क्रिएटर पुरुषोत्तम गिरी हात्तीहरूप्रतिको आफ्नो गहिरो लगावका कारण उनीसँग नजिक छन्। हात्तीका गतिविधिहरू समेटेर भिडियो बनाउने गिरीलाई उनका दर्शक तथा शुभचिन्तकहरूले पनि यस कार्यमा साथ दिँदै आएका छन्। पुन्टुरीको यो चञ्चल र मायालु रूपले उपस्थित सबैको मन जितेको थियो।
 

प्रतिकृया दिनुहोस

बिहीबारदेखि नारायणी महोत्सव २०८३ सुरु

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबारदेखि नारायणी महोत्सव २०८३ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक

डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने

भदौ २५ गते   चितवन । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा मोफसलकै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनले राष्ट्रिय चर्चित

प्रिमियरमा रुचाइयो ‘गौँथली’, अरुण र सिम्रनको अभिनयको प्रशंसा

यही शुक्रबार (१ साउन)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो