एमालेको राष्ट्रिय भेला आज समापन गरिँदै, केन्द्रीय कमिटी बैठक आजै बस्ने
मङ्सिर ०३ २०८३ बिहीबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी राष्ट्रिय भेला आज समापन गरिने भएको छ । माइतीघर हाइटस्थित कार्की बैङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलामा आज पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन् भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाका सन्दर्भमा प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका छ ।
त्यसपछि राष्ट्रिय भेलाको समापन हुने र अपराह्न ३स्०० बजे सोही स्थानमा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको नेता सूर्य थापाले जानकारी दिए ।













प्रतिकृया दिनुहोस