• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

चितवनमा क्षेत्रफल घटेपनि धान उत्पादन बढ्यो, यसवर्ष आठ प्रतिशतको वृद्धि

चितवन- जिल्लामा धान उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ। जिल्लामा धान उत्पादनको क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ।जिल्ला कृषि बिकास कार्यालय, चितवनका अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षको तुलनमा यस वर्ष ५६ हेक्टर क्षेत्रफल जग्गामा धानखेती कम भए पनि उत्पादन भने बढेको हो। धान लगाउने जमिनमा सुन्तला, कागती र तरकारीखेती गरेकाले क्षेत्रफल घटेको हो।गतवर्ष २७ हजार ३२४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। यस वर्ष २७ हजार २६८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ। यस वर्ष एक लाख ४७ हजार २५२ दशमलव ३३ मेट्रिकटन धान उत्पादन भएको छ। गतवर्ष एक लाख ३५ हजार ५७६ मेट्रिकटन धान उत्पादन भएको थियो।

 

 

 

जिल्लामा सावा मन्सुली, राम, सावित्री, हर्दिनाथ ५, सावा सव १, गंगोत्री, ताइचुङ, हर्दिनाथ ६, काँशीनाथ, मक्कावाला, कुवेर, कावेरी, गोरखनाथ, एमपिआर ५०५ लगायतका जातको धानखेती गरिएको थियो।यस वर्ष जिल्लामा धानखेतीका लागि उपयुक्त वातावरण बन्नु र रोगको संक्रमण कम रहेका कारण उत्पादन बढेको उनले बताए।उनले यस वर्ष मौसमले साथ दिएको, किसानले समयमा मल प्राप्त गरेको, किसानले धानखेती समयमा भित्र्याउन सकेका कारण उत्पादन बढेको बताए

प्रतिकृया दिनुहोस

दोलखा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई चितवन उद्योग वाणिज्य संघद्वारा स्वागत तथा छलफल

भरतपुर, ६ मंसिर २०८३ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा आज संघकै सचिवालयमा दोलखा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत तथा व्यावसायिक छलफल

विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा भएको अवसरमा चितवनमा नागरिक संवाद कार्यक्रम सम्पन्न

५ मंसिर , भरतपुर   । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा ‘विस्तृत शान्ति सम्झौताको दुई दशकः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई

कांग्रेस देउवा समूहको चितवन तरुण दल अध्यक्षमा राजकुमार तामाङ नियुक्त

चितवन । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निकट नेपाल तरुण दल चितवनको अध्यक्षमा राजकुमार तामाङ नियुक्त भएका छन्। केन्द्रीय अध्यक्ष दिल