पश्चिमी वायु र न्यून चापीय क्षेत्रको आंशिक प्रभाव, कोशी र मधेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आइतबार दिउँसो मधेश र कोशी प्रदेशलगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
त्यसैगरी, राति देशका हिमाली क्षेत्र, कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।













प्रतिकृया दिनुहोस