चितवनको भरतपुरमा सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।
चितवनको भरतपुरमा सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुनेछ ।
एक्स्पोमा आधुनिक घर तथा आवास निर्माण सामग्री, प्रविधि, घरजग्गा परियोजना र निर्माणसम्बन्धी सेवा प्रदर्शन गरिनेछ । ६० भन्दा बढी प्रदर्शनी कक्ष रहने एक्स्पोमा करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने आयोजकको अपेक्षा छ ।
एक्स्पोले स्वदेशी लगानी आकर्षित गर्न, आधुनिक निर्माण प्रविधिको प्रवद्र्धन गर्न, उद्यमशीलता विकास तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेका छन् । एक्स्पोमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ ।













प्रतिकृया दिनुहोस