• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

यूएईमा २३ सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु, ३० घाइते

फुजैराह । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराह इमिरेटमा १८ वटा कार र पाँचवटा ट्रक आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। 

यूएईको गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त भीषण सवारी दुर्घटनाबारे जानकारी दिएको हो।

 

 

 

मन्त्रालयका अनुसार दुर्घटना बुधबार मध्यरात हुनुभन्दा केही समयअघि फुजैराहको प्रवेशद्वारमा भएको थियो। एक ट्रक चालकले सवारीसाधनको नियन्त्रण गुमाएपछि अर्को ट्रकसँग ठोक्किएको थियो। 

त्यसपछि दुवै ट्रक सडकबाट अनियन्त्रित भई सुस्त गतिको ट्राफिकका कारण रोकिएका अन्य सवारीसाधनहरूमा गएर जोतिएका थिए। ठक्करलगत्तै ट्रकमा आगलागी भएको र आगोको लप्काले अन्य थुप्रै सवारीसाधनलाई चपेटामा लिएको मन्त्रालयले जनाएको छ।

 

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मन्त्रालयले आपत्कालीन र विशेष टोलीहरूले दुर्घटनापछिको उद्धार तथा व्यवस्थापन कार्य जारी राखेको उल्लेख गरेको छ। घाइतेमध्ये १५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।

 

प्रहरीका अनुसार मृत्यु पुष्टि भएका १४ जनामा यूएईका नागरिकका साथै केही विदेशी नागरिकसमेत रहेका छन्। मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण भइरहेको प्रहरीले जनाएको छ। मन्त्रालयले घाइते हुनेहरूमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिकहरू रहेको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस

सर्वोच्च शिखर सगरमाथामा अमेरिकाबाट आएका एक जोडीले विवाह गरेका छन्।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (एभरेस्ट बेस क्याम्प) मा केही दिनअघि अमेरिकाबाट आएका एक जोडीले विवाह गरेका छन्। हिमालको मनोरम दृश्य,

अमेरिकाभर सबै हवाई उडानमा अनिश्चितकालीन रोक

अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक लगाइएको छ। सङ्घीय उड्डयन प्रशासन (एफएए)ले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक निर्णय लिएको