• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

बागमती प्रदेशमा ३२२ कर्मचारीको एकैपटक सरुवा तथा पदस्थापन

मकवानपुर  : बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले विभिन्न सेवा, समूह र तहका कुल ३२२ जना कर्मचारीहरूको एकै पटक सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको मङ्सिर ३ गतेको सचिव स्तरको निर्णय अनुसार यातायात, पर्यटन तथा मन्त्रालय मातहतका २३८ जना र उद्योग तथा वाणिज्य क्षेत्रतर्फका ८४ जना कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।

 

 

 

मन्त्रालयले यातायात व्यवस्था कार्यालयहरू, प्रदेश पर्यटन कार्यालय र मन्त्रालयका लागि २३८ जना कर्मचारीको पदस्थापन तथा सरुवा गरिएको छ । जसमा प्रशासन, प्राविधिक (इन्जिनियरिङ र सूचना प्रविधि) र कार्यालय सहयोगीहरू रहेका छन् । सरुवा भएका मध्ये शाखा अधिकृत/वरिष्ठ शाखा अधिकृत ४४ जना, नायब सुब्बा/सहायक अधिकृत ११८ जना, इन्जिनियर/वरिष्ठ इन्जिनियर तथा मेकानिकल सुपरभाइजर/वरिष्ठ मेकानिकल सुपरभाइजर ३५ जना, कम्प्युटर इन्जिनियर/अधिकृत/सहायक कम्प्युटर अधिकृत/अपरेटर २० जना र कार्यालय सहयोगी २१ जना रहेका छन् ।

कर्मचारीहरूलाई मन्त्रालय, काठमाडौँ उपत्यकाका एकान्तकुना (साना/ठुला सवारी र सवारी चालक अनुमतिपत्र), गुर्जुधारा (मोटरसाइकल), चाबहिल, कलङ्की, बालाजु र भक्तपुर (सामान्य तथा सल्लाघारी सवारी परीक्षण कार्यालय) का यातायात व्यवस्था कार्यालयहरूमा खटाइएको छ ।

बनेपा, खुर्कोट, भरतपुर र हेटौँडास्थित यातायात कार्यालयहरू, प्रदेश पर्यटन कार्यालय काठमाडौँका साथै केही मेकानिकल सुपरभाइजरहरूलाई नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकस्थित उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयहरूमा सरुवा/पदस्थापन गरिएको छ ।

यसैगरी, उद्योग तथा वाणिज्य क्षेत्रतर्फ प्रशासन, विविध र इन्जिनियरिङ (सर्भे) सेवाका पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका कर्मचारीका साथै स्थायी कार्यालय सहयोगीहरू समेटिएका छन् । उनीहरूलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय (हेटौँडा) सहित काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र मकवानपुरस्थित ‘उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय’ हरूमा खटाइएको छ ।

त्यस्तै सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, रसुवा, रामेछाप, नुवाकोट र दोलखास्थित ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’ हरुवा कर्मचारीहरूको पदस्थापन तथा सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहाड कटान तथा सडक सफाइको काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहाड कटान तथा सडक सफाइको काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ

मौसम पूर्वानुमान/

 हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा

भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस