जेनिथ इङ्लिस बोर्डिङ स्कुलमा स्पोर्ट्स मिट–२०८३ सुरु
विश्व निधि अर्याल चितवन मंसिर ९ /२०८३ बुधबार। भरतपुर महानगरपालिका वडा नं. २०, चनौलीस्थित जेनिथ इङ्लिस बोर्डिङ स्कुलमा हिजो बाट स्पोर्ट्स मिट–२०८३ आयोजना गरिएको छ।
विद्यार्थीहरूको शारीरिक, मा
नसिक तथा सर्वाङ्गीण विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि उद्योगी तथा व्यवसायी राजकुमार श्रेष्ठ रहेको कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य विष्णुहरि अधिकारीले गरेका थिए कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, सहकार्य र नेतृत्व क्षमताको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले पढाइसँगै खेलकुदलाई पनि प्राथमिक
ता दिनुपर्नेमा जोड दिए विद्यालयका प्राचार्य अधिकारीले विद्यार्थीहरूको प्रतिभा पहिचान, प्रोत्साहन तथा सर्वाङ्गीण विकासका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई विद्यालयले विशेष प्राथमिकता दिँदै आएको बताए कार्यक्रमअन्तर्गत विद्यार्थीहरूबीच विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिने जनाइएको छ।
यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा लुकेर
रहेका प्रतिभा प्रस्फुटन गर्नुका साथै खेलभावना, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ। स्पोर्ट्स मिटले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै खेलकुदप्रति रुचि र सकारात्मक सोचको विकास गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम शिक्षक लेखनाथ महतोले सञ्चालन गरेका थिए













प्रतिकृया दिनुहोस